त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जीप भेटियो

मुख्य खवर राजनीति विशेष समाचार

चितवन – त्रिशूली नदीमा खसेकाे जीप फेला परेकाे छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ काे तीन नम्बर पुलबाट त्रिशूली नदीमा खसेकाे भारतीय नम्बर प्लेटको जीप गाेताखाेरकाे टाेलीले फेला पारेकाे हाे ।

आज बिहान बी आर ०९ जी सी १४३९ नम्बरको जीप त्रिशूली नदीमा खसेकाे थियाे ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय  कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएकाे जानकारी दिनुभयाे । गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि टोली घटनास्थलमा गएकाे थियाे । जीपमा कति यात्रु थिए भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *