भीमदत्त-११ का वडाध्यक्ष थापाले गरे कैदीबन्दीलाई पुस्तक र खेल समाग्री वितरण

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर-  कञ्चनपुर भिमदत्त नगरपालिकाका एक  वडाध्यले कैदीबन्दीलाई पुस्तक र खेलकुद समाग्री वितरण गरेका छन । भीमदत्त नगरपालिका-११ का अध्यक्ष प्रकाश थापाले कैदीबन्दीहरुका लागी पुस्तक र खेल सामग्री हस्तानतरण गरेका हुन ।

वडाध्यक्ष अध्यक्ष थापाले आइतबार एक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका कैदीबन्दीहरुका लागि पुस्तरक एव खेल सामग्री वितरण गरेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष थापाले विभिन्न मुद्दामा रहेका थुनामा रहेका कैदीबन्दीहरुको सकारात्मक सोचको विकास गर्ने उद्देश्यले पुस्तक वितरण गरेको हुन ।

भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले विभिन्न २९ प्रकारका पुस्तक कैदीबन्दीका लागि जिल्ला प्रहरी कार्याैलयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल थापालाई हस्तान्तरण गरेका छन ।

जिल्ला प्रहरी कार्यालय मार्फत ती पुस्तकहरु जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेका र जिल्ला कारागारका पढ्न ईच्छुक कैदीबन्दीहरुलाई दिइने बताइएको छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले भीमदत्त नगरपालिका ११का वडा अध्यक्ष प्रकाश थापाले चालेको कदमको प्रसंसा गर्दै हिरासतमा रहेका बेला सकारात्मक सोच विकाश गर्ने पुस्तकहरू पढी सुध्रीन सहयोग हुने र समय व्यतित गर्न पुस्तकले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन ।

समाग्री हस्तानतरण गर्ने मौका मिलेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्दता गरे।साथै प्रहरी उपरिक्षक थापाले सोमबारदेखी थुनामा रहेका कैदीहरूका लागि योग कक्षा समेत सञ्चालन हुने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *