नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुर जिल्ला कमिटिको बैठक सम्पन्न

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – नेपाल निजामती कर्मचारी संगठन कंचनपुर जिल्ला कमिटिको बैठक सम्पन्न भएकाे छ । विहिबार महेन्द्रनगरमा एक कार्यक्रमका विच नेपाल निजामती कर्मचारी संगठन कंचनपुर जिल्ला कमिटिको बैठक सम्पन्न भएकाे हाे ।

बैठकमा सुदुरपश्चिम प्रदेश सरकारले तयार गरीरहेको स्थानीय सेवाको गठन सञ्चालन तथा सेवा र शर्त सम्बन्धि बिधेयकमा नेपाल निजामती कर्मचारी संगठनले छलफल गरेर आफ्नो सुझाव पेश गर्न कञ्चनपुर जिल्लामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गरेको छ ।

प्रस्तावित ऐनको मस्यौदामा संगठन को तर्फबाट आधिकारिक धारणा सहित प्रदेशको बिधायन समितीलाई र सुदुरपश्चिम प्रदेशका सम्पुर्ण माननीयहरुलाई जानकारी गराउने निर्णय भएकाे नेपाल निजामती कर्मचारी संगठनका प्रदेश महासचिव महादेव जोशीले जानकारी दिनुभयो ।

बैकठकले सुदुरपश्चिम प्रदेशमा कार्यरत रहेका सम्पुर्ण कर्मचारी को भावना समेटेर ऐन जारी गरिनुपर्ने, पुर्बानुमान योग्य र चकृय सरुवा प्रणाली अबलम्बन गर्नुपर्ने, कर्मचारी को वृत्ति बिकासमा सन्कुचन आउन नहुने, हाल कार्यरत रहेका ज्यालादारी र करार सेवाका कर्मचारीको १ पटक लोक सेवा आयोगमा उमेर हद नलाग्ने र कार्य अबधीको आधारमा उपदानको ब्यबस्था गर्नुपर्ने  साबिक जि बि स र स्थानिय निकायबाट समायोजन भएका कर्मचारी को उपदानको जिम्मा प्रदेशले लिनुपर्ने लगायतका बिषयमा सम्पुर्ण संगठनका र सम्पुर्ण ट्रेड युनियन बिच साझा समझदारी कायम गरी आन्दोलन आवस्यक रहेको नेपाल निजामती कर्मचारी संगठनका प्रदेश महासचिव जोशीले बताउनु भयाे ।

उक्त बैठकमा जिल्ला समितिका पदाधिकारी र सदस्यहरु , पालिका कमिटिका पदाधिकारी को उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *