रमेश प्रसाद भट्ट/कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्का मृत फेला परेका छन् ।
बुधबार राति मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको अवस्थामा वडा अध्यक्ष खड्का फेला परेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमख प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनु भयाे ।
वडा अध्यक्ष खड्का भीमदत्त नगरपालिकाका प्रवक्ता समेत हुन । उनी ऐठपुर क्षेत्रकाे नहर किनारमा बिहीबार बिहान ५ बजे मृत अवस्थामा फेला परेकाे प्रहरी उपरिक्षक थपाले बताए । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
प्रहरी उपरीक्षक थापाले भने `छेउमा खानेपानीको पाइप देखिन्छ, उहाँ दुर्घटनामा पर्नु भएको देखिन्छ।´
प्रहरी उपरीक्षक थापाले भने`अहिले घटना स्थलकाे मचुल्का तयार गर्दैछाै, घटनाबारे थप अनुसन्धान गर्छाै ।´

