गुलरिया बजारमा आगलागी हुँदा लाखौंकाे क्षती

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– जिल्लाकाे गुलरिया बजारमा आगलागी भएको छ । बुधबार साँझ कृष्णपुर नगरपालिका-५ गुलरियाचोक स्थित शिबराज बिष्टले संचालन गरेको एसबी फैन्सी स्टोर र फलफुल पसलको २ वटा सटरमा अचानक बिद्युतको तार सर्ट भएर आगलागी भएको हो।

आगलागी हुँदा पसल भित्र रहेका सामान जली अन्दाजी ७० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएका थिए ।  घटनाबारे आवश्यक अनुसन्धान भईरहेकाे कञ्चनपुर प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *