कञ्चनपुर- जिल्लाकाे महेन्द्रनगर बजार क्षेत्रमा सवारी साधन व्यवस्थीत पार्नका लागि प्रहरीले अभियान सञ्चालन गरेको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार सहितको क्षेत्रमा सवारी साधन व्यवस्थापनका लागि ट्राफिक, वडा र जिल्ला प्रहरी कार्यालयले संयुक्त अभियान शुरु गरेको हो ।
भीमदत्त नगरपालिकाले बजार क्षेत्रको फुटपाथ क्षेत्रका संरचना हटाएसँगै प्रहरीले संयुक्त रुपमा मङ्गलबार देखि अभियान शुरु गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका इन्चार्ज एवंम प्रहरी निरीक्षक नरेश बिकले दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बजार क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका सवारी साधनलाई व्यवस्थित गर्ने कार्य थालिएको बताए।
उनका अनुसार ‘अव्यवस्थित रूपमा बजारमा साधनहरूले गर्दा सडकमा दुर्घटनाको खतरा पनि हुने भएकाले यो कार्यको थालनी गरेकाे बताए ।´
पहिलो चरणमा सबैलाई गल्ली पछाडि सवारी साधन व्यवस्थित गरेर राख्न गर्न जानकारी दिएका छौं र अटेरी गरेको खण्डमा कारवाही गर्ने छौं ।’

