कञ्चनपुर प्रहरीद्वारा भन्सार छलीका समान बरामद्

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भन्सार छलीका अवैध सामान बरामद गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएकाे प्रहरी टाेलीले जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट भन्सार छलीका करिब १ लाख ५६ हजार १ सय ४० रुपैँया बराबरका जुत्ता, कपडा, धोती, मोजाज , ज्याकेट, मोवाइलका कवर वेबारीसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे हाे ।

नियन्त्रणमा लिएको सामान भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताउनु भयाे ।

यसरी कञ्चनपुर प्रहरीले भन्सार चाेरी छली विरूद्व निर्मम भएर लागे संग धमाधम अबैध समान बरामद गर्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *