बेलौरी नगरपालिकाले बन्दातालको अतिक्रमित भू-भागमा चलायाे डाेजर

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – बेलौरी नगरपालिकाले सरकारी जमिन खाली गराउन अतिक्रमित भू-भागमा डोजर चलाएको छ । नगरपालिकाले लामो समयदेखि बन्दातालको अतिक्रमित भू-भागमा डोजर चलाएको हो ।

बेलौरी नगरपालिका वडा नम्बर १ सानो बन्दाताल क्षेत्रमा अतिक्रमित गरिएको सरकारी जमिन खाली गराउन पालिका सरकारले डोजर चलाएको नगर प्रवक्ता हर्क बहादुर भुलले बताए ।

स्थानीय सरकारले पटक पटक अतिक्रमित सरकारी जमिन खाली गराउन सूचना एव आग्रह गर्दा नमानेपछि अन्तिममा आएर डोजर नै प्रयोग गरेर खाली गराएको प्रवक्ता भुलको भनाइ छ । उनका अनुसार सानो बन्दाताल क्षेत्रमा केही स्थानीयले अतिक्रमण गरेको जमिन खाली गराएको हो ।

नगर प्रमुख पोतीलाल चौधरीको नेतृत्वमा सरकारी जमिन खाली गराईएको छ । सानो बन्दतालको नाममा रहेको किता ३८६ सरकारी जमिन अतिक्रमण गरेर घर, टहरा, संरचना एव निर्माण गरिएको पोखरी अन्नबाली मा समेत डोजर चलाइएको थियो ।

नगरप्रमुख पोतीलाल चौधरीले पत्रकार हरु संगको कुराकानीमा भने – ‘हामीले ४ विगाह १४ कट्टा क्षेत्रफलमा निर्माण भएका घर टहरा, बालीनाली, माछा पोखरी हटाएका छौँ, भने ‘अतिक्रमण क्षेत्र खाली गराएर उक्त क्षेत्रमा घेरबार समेत गरेका छौँ ।’

विगतदेखि सरकारी जमिन अतिक्रमण हटाउन आग्रह गर्दा नपानेपछि पालिका सरकारले फिल्डमै गएर सुरक्षा निकायसंगको समन्वयमा डोजर चलाएको हो ।,

नगरप्रमुख चौधरीले नगर क्षेत्रमा रहेको सरकारी तथा सार्वजनिक जमिनको रेखदेख एव संरक्षण गर्ने दायित्व अनुरुप अतिक्रमित क्षेत्र खाली गराएको जनाएका छन्  । चौधरीले सरोकारवाला निकायसंगको समन्वयमा पालिकाले सरकारी जमिन सरक्षण गरेको जिकिर गरे ।

यस अघि पनि बेलौरी नगरपालिकाले ५ नम्बर वडामा सरकारी सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन डोजर प्रयोग गरेर हटाएको थियो । ठिक त्यही एक्सनमा अहिले नगरपालिकाले १ नम्बर वडामा रहेको ठुलो परिमाणको अतिक्रमित जमिन खाली गराएको छ ।

यसरी बेलौरी नगरका मेयरले अतिक्रमित क्षेत्रखाली गराउन कुनै संकोच बिनै फिल्डमा खटिएपछि उनको चौतर्फि प्रसंसा भईरहेको छ ।

भने स्थानीयले यो जनमुखी काम भएको भन्दै नगरका अन्य अतिक्रमित भू-भाग खाली गराउन यसरी नै डोजर चलाउनु पर्ने जिकिर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *