रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ् ।
जिल्ला भलिबल संघ कञ्चनपुरको संयोजन र सुदूरपश्चिम खेलकुद परिषद् धनगढी कैलालिको आयोजमा माघ १४ गते देखि २० गते सम्म महेन्द्रनगरको खुला मञ्चमा उक्त खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको हो ।
प्रतियोगिता सात वटा प्रदेश र तीन विभागीय टिम गरी जम्मा १० वटा टिमको सहभागीता रहने भएको छ । यस्तै प्रतियाेगितामा १५० जना खेलाडी प्रशिक्षक र ब्यबस्थापक रहने आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएकाे छ । मंगलबार ओपेरा हाेटल महेन्द्रनगरमा पत्रकार सम्मेलनकाे आयोजना गरेर आयोजकले जानकारी दिएकाे हाे ।
भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबलका खेलाडी सुदूरपश्चिममा भएकोले उक्त प्रतियोगिताले थप उत्साहा बढाउने बताएका छन् ।त्यसैगरी सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले यस अघि दुई पटक सम्पन्न भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताको सफलतापछि तेस्रो पटक कञ्चनपुरमा उक्त प्रतियोगिता सञ्चालन भइरहेको बताए ।
उनले भने “प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढेकाे बताए ।”दक्ष खेलाडी मार्फत राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने उदेश्यले साे खेल प्रतियोगिता सञ्चालन भइरहेको उनकाे भनाई छ । जिल्लामा हुने भलिबल प्रतियोगिता सफल पार्नका लागि संघले खेल्नु पर्ने सबै भूमिका निर्वाह गर्ने बताएका छन् ।
प्रतियोगिताको बिजेता टिमलाइ ४ लाख पुरस्कार प्रदान गरिने छ्, उपबिजेतालाई २ लाख, तेस्रो स्थान ल्याउने टिमलाई १ लाख नगद सहित बिजेता ट्राफि, मेडल प्रदान गरिने वनाईएकाे छ ।यस्तै चाैथाे हुने टिमलाइ ५० हजार नगद पुरस्कर दिईने छ ।
भलिवलका मुख्य प्रशिक्षक जगदिश भट्टले प्रतियोगितामा सेमिफाइनल देखी ४ वटा टिमलाई पाँच हजारका दरले प्रतियाेगितामा म्यान अफ द म्याचको पुरूस्कार रहेकाे बताउनु भयाे ।
उनले भने “प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा विभिन्न उत्कृष्ट ६ वटा विधामा जनही दश/दश हजारका दरले नगद पुरस्कार प्रदान गरिने कार्यक्रम रहेकाे बताए ।”
कार्यक्रमलाई सफल रूपमा सम्पन्न गर्न आयोजकले युद्वस्तरमा काम थालेकाे जनाएकाे छ ।

