महेन्द्रनगर-कञ्चनपुरबाट काठमाडौँका लागि छुटेका बस बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटना भएको छ।
जिल्लाकाे बेलौरीबाट छुटेको पवनदुत यातायातको बस शनिवार राति १० बजे अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। उनीहरू सबैको अवस्था सामान्य रहेको बताइएको छ। घाईतेहरूकाे उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ ।

