प्रधानमन्त्री प्रचण्डले भाेली राष्ट्रका नाममा सम्बोधन गर्ने

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे सम्बोधन हुनेछ । गत वर्ष पुस १० मा उनी एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

एमालेसँगको गठबन्धन दुई महिनामै भत्केपछि उनी कांग्रेसकोसहितका दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *