रमेश प्रसाद भट्ट/कञ्चनपुर- द्धन्द्धपिडित तथा एकल महिला विकास केन्द्रले ‘सामुदायिक सुरक्षा जालो’ कार्यक्रमको समिक्षा बैठक सम्पन्न गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयको सभा कक्षमा द्धन्द्धपिडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको आयोजना र नागरिक आवाज धापाखेल ललितपुरको आर्थिक सहयोगमा सञ्चालित ‘सामुदायिक सुरक्षा जालो’ कार्यक्रमको समिक्षात्मक बैठक सम्पन्न भएको हो ।
२०२३ जनवरी महिनादेखि कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा सञ्चालित ‘सामुदायिक सुरक्षा जालो’ कार्यक्रमको बार्षिक कार्य प्रगतिको बैठकमा समिक्षा गरिएको द्धन्द्धपिडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सिता बोहराले बताउनु भयो ।
‘सामुदायिक सुरक्षा जालो’ कार्यक्रम अन्तरगत द्धन्द्धपिडित तथा एकल महिला विकास केन्द र नागरिक आवाजको सहकार्यमा थुप्रै समाजिक क्षेत्रमा देखिएका समस्या सामाधान, रोकथाम तथा न्युनिकरणका लागि गरिएका कामको कार्य प्रगति विवरण कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
एक बर्ष भरीमा विपत व्यवस्थापन सम्बन्धि तालिम, आत्माहत्या रोकथाम, मनोसामाजिक परामर्श सम्बन्धि अभिमुखिकरण, सु–स्वास्थ्य र सु हेरचाहा सम्बन्धि कार्यक्रम, डिप्रेशनबाट बच्न जनचेतना, जिविकोपार्जनका लागि एकल महिला र गरिबलाई सहयोग, जाजरकोट र बझाङ्गका भुकम्प पिडितलाई खाध्यान्न सहयोग लगायतका कार्य गरिएको प्रस्तुतिकरण गदै कार्यक्रममा समिक्षा गरिएको द्धन्द्धपिडित तथा एकल महिला विकास केन्दका अध्यक्ष सिता बोहराले बताउनु भयो ।
संस्थाकी अध्यक्ष सिता बोहराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा रहेका थिए । भने विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, वेतकोट नगरपालिकाका उप प्रमुख तुलसी देवी जोशी रहेकानु भएको थियो भने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापा, सशस्त्र प्रहरी बल मझगाउँका प्रमुख डिएसपी पुरन न्यौपाने लगायत विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
उक्त बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख बोहराले संस्थाले गरेको सामाजिक कार्यप्रति उच्च प्रशंसा व्यक्त गर्नु भएको थियो । उहाले ‘यसरी महिला सशक्तीकरणका सवाल देखिन अन्य फराकिलो समाजिक रुपान्तरणमा संस्थाले खेलिरहेको भुमिका उदाहरणिय रहेको बताए ।’
यस्तै कार्यक्रमका विशिष्ट अतिथि वेतकोट नगरपालिकाका उप प्रमुख तुलसी देवी जोशीले यस संस्थाले वेतकोट नगरपालिकामा समेत विगतमा प्रभावकारी काम गरेको कुरा बताउर्दै समग्रमा ‘सामुदायिक सुरक्षा जालो’ कार्यक्रमले समेत राम्रो कार्य गरेको बताए । उनले यसरी आगामी दिनमा समेत कार्यक्रम सञ्चालनका समयमा देखिएका समस्या र चुनौतिलाई सुधार गदै अगाडी बढन सुझाव समेत व्यक्त गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले एकल महिलाको शसक्तीकरणका, समाजिक कुरुती र अन्य सवालमा राम्रो कार्य भएको भन्दै सामुदायिक सुरक्षा जालो कार्यक्रम ठिक भएको बताए । सामाजिक विकृति न्युनिकरणका सवालमा संस्था संग हातेमालो गर्न कञ्चनपुर प्रहरी तयार रहेको समेत बताए ।
विक्रम संवत २०६५ साल असार ३० गतेका दिन भिमदत्त नगरपालिका १८ भगतपुरमा खुलेको यस संस्थाले अन्य सामाजिक क्षत्रमा प्रभावकारी कार्य गदै आएको छ ।

