सबै दल माओवादी अध्यक्ष प्रचण्डका पुच्छर हुन: राप्रपा बरिष्ठ उपाध्यक्ष मिश्र

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर, मंसिर २८-राष्ट्रिय प्रजातन्त्र पाटीका बरिष्ठ नेता रबिन्द्र मिश्रले गणतन्त्रवादी राजनीतिक दल नेकपा माओवादी केन्द्र एव प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)का पुच्छर भएको आरोप लगाएका छन । बिहीबार राप्रपा कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको आमसभा लाई सम्बोधन गर्दै राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अहिलेका राजनीतिक दल प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)का पुच्छर भएको टिप्पणी गरेका हुन । राप्रपा बरिष्ठ उपाध्यक्ष मिश्रले प्रचण्डका बरिपरि घुम्ने सबै दलका नेता कार्यकर्ताहरु प्रचण्डकै पुच्छर भएको बताएका छन ।

‘अहिलेका दल प्रचण्डका पुच्चर हुन, जानी नजानी नयाँ पुराना सबै दल पुच्छर भएका छन, ‘उनले भने, ‘नयाँ पुराना दल तिनका नेता कार्यकर्ताहरुले घर घरमा प्रचण्डको फोटो टाँस्नुपर्छ ।’

मिश्रले रवि लामिछाने नेतृत्वको रास्वपालाई लक्षित गरेर नयाँ दल र पुराना दल प्रचण्डकै ईसारामा चलिरहेको बताए । उनले वर्तमान राजनीतिक प्रचण्डकै ईसारामा चलिरहेको अघोषित रुपमा बनाए ।

मिश्रले महेन्द्रनगरको जग बसाल्न राजा महेन्द्रको सालिक पुर्नस्थापना कार्यक्तममा ८ दलको बिरोध हास्यास्पद भएको बताए । देश बचाउन उनले नेता कार्यकर्ताहरुलाई जेलबस्न तयार हुन समेत आब्हान गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *