कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भन्सार छलीका अबैध समान बरामद गरेकाे छ । बिभिन्न मितिमा भिमदत्त नगरपालिका-६ बनगाउँ क्षेत्रबाट कञ्चनपुर प्रहरीले भन्सार छलीका अबैध समान बराद् गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएकाे प्रहरी टोलीले बनगाउँबाट भन्सार छली गरी ल्याई लुकाएर राखिएका अन्दाजी मुल्य १ लाख ३५ हजार सात सय रूपयाँ बराबरका बिभिन्न किसिमका खाद्यान्न सामाग्रीहरु बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
बरामद् हुने समानमा पानी तान्ने हत्ता, पानी नल्का,प्लाष्टिक रसी, औषधी छर्ने मेसीन, प्लास्टिक,साबुन,चिनी,सालाई समानलाई बरामद गरिएकाे कञ्चनपुर प्रहरी प्रबक्ता प्रकाश डाँगीले बताए ।
उनका अनुसार बरामद समानलाई आवश्यक कार्वाहीका लागि आज भन्सार कार्यालय गड्डाचौकी पठाईएको बताउनु भयाे ।

