कञ्चनपुर– कञ्चनपुर प्रहरीले फेरी भन्सार छलीका अबैध समान बरामद गरेकाे छ । मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएकाे प्रहरी टाेलीले विशेष सुचनाका आधार भिमदत्त नगरपालिका वडा नम्बर-४ र ६ बनगाउँबाट २ लाख बराबरकाे भन्सार छलीकाे अबैध समान बरामद गरेकाे हाे ।
कञ्चनपुर प्रहरी प्रबक्ता डिएसपि प्रकाश डाँगीका अनुसार भन्सार छली गरी ल्याई लुकाई छिपाई राखिएका १ लाख ९६ हजार ९५ रूपयाँ बराबरका चिनि, मिठाई, स्टिल गिलास, चिया छन्नी लगायत फेला पारी कानुन बमोजिम बरामद गरेकाे बताउनु भयाे ।
बरामद गरीएका अबैध समान आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएकाे उनले कञ्चनपुर खबरलाई बताए । कञ्चनपुर प्रहरीकाे नेतृत्वमा एसपि कमल थापा आएयता भन्सार चाेरी, छली, तस्करी विरूद्व कडा रूपमा एक्सनमै उत्रीय पछि तस्करीका समान धमाधम बरामद हुन थालेका हुन ।
याे संगै कञ्चनपुर प्रहरीले कराेडाैका समान बरामद सहित व्यक्तिलाई समेत पक्राउ गरि कानुनी दायरामा ल्याउदै आएको छ ।

