मझगाउँमा राम जानकी मन्दिर निर्माणका लागि विदेशबाट आर्थिक सहयोग

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-कञ्चनपुरको मझगाँउमा राम जानकी मन्दिर निर्माणका लागि विदेश(अमेरिका) मा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन । भीमदत्त नगरपालिका १६ मझगाँउमा निर्माण हुने राम जानकी मन्दिर निर्माणका लागि अमेरिका बस्दै आएका –कैलाली–कञ्चनपुरका)का नेपाली नागरिकले आर्थिक सहयोग गरेका हुन ।

पुर्व शिक्षक एव शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पुष्कर बहादुर सिहको पहलमा मन्दिर निर्माणका लागि अमेरिकामा बस्दै आएका नेपालीबाट आर्थिक सहयोग संकलन गरिएको थियो ।
पारिवारिक भेटघाटका सिलसिलामा अमेरिका पुगेका स्थानीय समाजसेवी समेत रहेका सिहले कैलाली निवासी जिवन बम, टेक बहादुर बम, कञ्चनपुर निवासी दानसिह विष्ट, हरिदत्त जोशी, धर्मराज जोशी, राजेश भट्ट, गोरख बहादुर चन्दबाट ४लाख, ७५हजार ८९१रुपैया संकलन गरेर मन्दिर समितिलाई हस्तान्तरण गरेका छन ।

सिहले अमेरिकामा रहेका नेपाली नागरिकबाट संकलन गरेर ल्याएको रकम एक सोमबार एक कार्यक्रमका विच राम जानकी मन्दिर समितिका अध्यक्ष दिपेन्द्र बहादुर विष्टलाई हस्तान्तरण गरेका छन । जानकी मन्दिर समितिका अध्यक्ष दिपेन्द्र बहादुर विष्टले गाँउमै समाजिक विकासका लागि मन्दिर निर्माण गर्न लागेको बताए ।

उनका अनुसार सार्वजनिक बहुउदेश्यीय सभा हल, जेष्ठ नागरिक बिश्राम स्थल, ज्ञानबृद्धि पुस्तकालय, ध्यान योग तथा साधन कक्ष, लागु औषध दुव्र्यसनी सुधार कक्ष, विवाह मण्डप, बाल उद्यान निर्माण गरिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजसेवी पुष्कर बहादुर सिहले गाँउठाँउको समाजिक कार्यका लागि सक्दो पहल गरेको बताए । कार्यक्तममा भीनपा १३ का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले स्वच्छ मनले जनताको सेवा गरेर जहाँकही राम पाईने बताए ।

भीनपा १६ का वडाध्यक्ष केशव बहादुर विष्टले मन्दिर निर्माणका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए । पुर्व वन अधिकृत एव समाजसेवी रमेश चन्दले भीनपा १६, १४, १३ र १७ वडाहरुमा समाजिक कार्यका लागि भवन नहुँदा मन्दिर निर्माणबाट समाजिक कार्यका लागि सहयोग पुग्ने बताए । बरिष्ठ पत्रकार चित्राङ्ग थापाले धार्मिक स्थल समाजिक सुधारका क्षेत्रमा उपभोगमा जोडदिए ।

कार्यक्रममा मन्दिर निर्माणका लागि विदेशबाट सहयोग संकलन गरेका समाजसेवी पुष्कर बहादुर सिह र आर्थिक सहयोगीदाता मिता महरलाई सम्मान गरिएको छ । राम जानकी मन्दिर निर्माण स्थलको पश्चिम तर्फ तटबन्ध(पर्खाल) समेत निर्माण गरिएको थियो ।

राम जानकी मन्दिर पर्खाल निर्माण उप समितिका संयोजक रामचन्द्र धानुकले स्थानीय स्तरकै सहयोग जुटाएर पर्खाल निर्माण गरिएको बताए । समाजसेवी राजेन्द्र बहादुर चन्दले संकलन गरेको कार्यक्रम स्थानीय सहितको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *