डिल्लीराज पन्त/मंसिर-कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको नवजिवन कृषि सहकारी संस्थाको बार्षिकोत्सव सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १२ ऐरीमा नवजिवन कृषि सहकारी संस्थाको ११ औँ बार्षिकोत्सव सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा उत्कृष्ठ तीन किसान, उद्यमी एव बचतकर्तालाई सम्मान गरिएको छ । मिन बहादुर साउद, बल बहादुर बडायक र उत्तम सुनार(कामि)लाई सम्मान गरिएको सहकारीले जनाएको छ । नवजिवन कृषि सहकारी संस्थाका अध्यक्ष अशोक बहादुर साउदले ५२९ सदस्य रहेको सहकारीमा ३करोड बढि कारोबार भएको बताए ।
नवजिवन कृषि सहकारी संस्थाका उपाध्यक्ष भवानी पन्तले सहकारीले सदस्यको आवश्यकता पहिचान गरेर आयस्रोत बृद्धिमा जोडदिए ।
कार्यक्रमकी प्रमुख अतिथि भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले सहकारीले कृषि क्षेत्रको बृद्धि विकासका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिईन । उपप्रमुख जोशीले कृषि सहकारीका समस्या पालिकाबाट सक्दो सम्बोधन गर्दै किसानलाई सेवा सुविधा दिलाउने बताईन ।
कार्यक्तममा जिल्ला समन्वय समितिका सदस्य मोहन बहादुर महता, भीनपा १६का वडाध्यक्ष केशव सिह विष्ट, भीनपा १३का राम बहादुर बोहरा(झक्कास), १७ वडाध्यक्ष पदम बुढा भीमदत्तका न्याय समिति सदस्य नर बहादुर साउद, साना किसान सहकारी मझगाँउका अध्यक्ष जयराज भट्ट, पुर्णा माविका पुर्णा माविका अध्यक्ष पुर्ण बहादुर क्षेत्री, पुर्णा माविका प्रअ धनीदत्त पन्त, भागरती आविका प्रअ कमलसिह देउपा लगायतको सहभागिता रहेका थिए ।
नवजिवन कृषि सहकारी संस्थाका सचिव अम्मराज भट्टले संचालन गरेको कार्यक्तममा सहकारीका सदस्य, पदाधिकारी सहितको सहभागिता रहेको थियो ।

