कञ्चनपुर प्रहरीद्वारा साढे नाै लाख बराबरका अबैध समान बरामद्

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले साढे नाैलाख बराबरका भन्सार चाेरी छली गरी ल्याएका अबैध समान बरामद गरेकाे छ । विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएकाे प्रहरी टालीले भिमदत्त नगरपालिका-६ बनगाँउ क्षेत्रबाट साढे नाैलाख बढिका समान बरामद गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रकाश डाँगीका अनुसार भारतबाट भन्सार छली गरी  ल्याएर लुकाई छिपाई राखिएका अन्दाजी ९ लाख ५४ हजार ७ सय बराबरका कपडा,चिनि, दाल,मिश्री, मसला,मिठाई,चकलेट बिभिन्न किसिमका कपडा र खाद्यान्नका सामान लगायत फेला पारी कानुन बमोजिम बरामद गरीएका बताउनु भयाे ।

बरामद समानलाई आवश्यक कार्वाहिका लागि भन्सार कार्यालय गड्डाचाैकि पठाएकाे उनले बताए । कञ्चनपुरमा प्रहरी प्रमुखकाे जिम्मेवारी सम्हालेका एसपि कमल थापाले भन्सार चाेरी, छली, देखिन सामाजिक विकृति विरूद्व निर्मम भएर उत्रीए संगै कराेडाै मुल्यका अबैध समान बरामद गर्न प्रहरी सफल भएकाे छ ।

जसले गर्दा देश राजस्वमा बृद्वि भएकाे छ, भने अर्काे तर्फ गैर कानुनी कार्यमा समेत उलेेख्य राेकथाम भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *