हमासले बन्धक बनाएका मध्ये थप १७ जना रिहा, विपिन भएनन् रिहाई

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौं- हमासले बन्धक बनाएका मध्ये थप १३ इजरायली र ४ थाई गरी दोस्रो दिन १७ जनालाई रिहा भएका छन्।  अघिल्लो दिन हमासले २४ जनालाई मुक्त गरेको थियो।

इजराइल र हमासबीच जारी अस्थायी युद्ध विरामको दोस्रो दिनसम्म हमासले कुल ४१ जनालाई आफ्नो नियन्त्रणबाट मुक्त गरी रेडक्रसको जिम्मा लगाएको छ।  चार दिने युद्ध विराम गरेका इजराइल र हमास दुबै पक्षले बन्दी साटफेर गरिरहेका छन्।

कञ्चनपुरका विपिन जोशीको भने कुनै पत्तो लागेको छैन । सरकारले हामासको नियन्त्रणमा छ, भने पनि अहिले सम्म न सम्पर्क भएको छ, नत रिहाई भएका छन् । विपिनको रिहाईका लागि पहल भईरहको नेपाल सरकारको भनाई छ । अहिले युद्ध विराम भएकाले जसरी पनि रिहाई गरीदिन नेपाल सरकार संग विपिनका परिवारको गुहार छ ।

इजराइलका तर्फबाट जेलमा रहेका ३९ जना प्यालेस्टाइनी बन्दीलाई मुक्त गरिएको इजराइलको कारागार सेवाले पुष्टि गरेको छ। हमासले रिहा गरेका बन्धक इजरायलले पठाएको सूची आधारमा मुक्त गरिएका हुन्।

मुक्त हुनेमा बालबालिका, महिला र वृद्धवृद्धा बढी रहेका छन्। साथै एकै परिवारका दाजु बहिनी, आमा छोरी पनि परेका छन्। हमासको कब्जाबाट मुक्त भएकाहरुलाई रेडक्रसको सहायतामा इजराइल पुर्‍याइ सकिएको छ।

साथै इजराइलले मुक्त गरेका प्यालेस्टाइनी बन्दीलाई पनि वेस्ट बैंकबाट परिवारको जिम्मा लगाइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *