कञ्चनपुरमा दशैँ–तिहारका बेला ७३ जुवाडेबाट झण्डै ७ लाख रकम बरामद

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रशाद भट्ट/कञ्चनपुर- यस बर्षको दशैँ–तिहारका बेला कञ्चनपुरमा ७३ जुवाडेबाट ७ लाख हाराहारी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दशैँ, तिहारका बेला शुरुवात र सकिएपछि विभिन्न स्थानबाट जुवाखालबाटै ७३ जना जुवाडे र ६ लाख, ८० हजार, ६९७नगद रुपैया बरामद गरेको जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले चाडपर्व सुरक्षा योजना अन्र्तरगत जिल्लाभरी प्रहरी खटिएर जुवाखालबाटै मानिस पक्राउ र रकम तास बरामद गरिएको बताए । यस बर्ष कञ्चनपुरमा नेतादेखि प्रहरीसम्म जुवाखालबाट पक्राउ परेका थिए । यसका साथै ५ बोरा प्रतिबन्धित प्लाष्टिकका माला, ४ बोरा पटाका समेत बरामद गरिएका छन ।

एसपी थापाले यस बर्ष कञ्चनपुरमा तिहारका बेला कुनै अप्रिय घटना नघटेको र शान्तिपुर्ण तिहार भएको बताए । विगतका बर्षहरुमा चाडपर्वका बेला झै झगडा, झडप, ठुलठुला चोरी डकैतीदेखिका हत्याका घटना घटेपनि यस बर्ष कञ्चनपुरमा समान्य प्रकृतिका घटना बाहेक शान्तिपुर्ण दशौँ तिहार छठ सम्पन्न भएको बताए ।

सुरक्षा निकायको चनाखोपन नागरिकविच उच्च नैतिकता, संयमितता, सचेतना सहितका विवित पक्षबाट चाडपर्व शान्तिपुर्ण भएको बताए । पछिल्ला दिनहरुमा कञ्चनपुर प्रहरी एसपी कमल थापा नेतृत्वको टोलीले विगतको जस्तो तस्करबाट रकम नअशुलेर सिधै एक्सनमा उत्रिएपछि राजस्व चुहावट समेत नियन्त्रण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *