हमास नियन्त्रणबाट विपिन जाेशीकाे रिहाईकाे माग राख्दै कञ्चनपुरमा प्रदर्शन (तस्वीर सहित)

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर-प्यालेष्टाईनी आतङ्ककारी हमास समुहको नियन्त्रणमा रहेका कञ्चनपुरका स्थानिय विपिन जोशीको रिहाईको माग अघि सार्दै प्रदर्शमा उत्रीएका छन् ।

आइतबार कञ्चनपुरकाे महेन्द्रनगर बजारमा विपिन जाेशिकाे रिहाईकाे माग सहित नारा लगाउदै सांकेतिक र्याली सहित प्रदर्शनमा उत्रीएका हुन ।

विपिनकी बहिनी पुष्पा जोशीले हमास समुहको नियन्त्रणमा रहेका दाजुको रिहाई गरि भाईटिका लगाउने अवसर पारिदिन नेपाल सरकार संग विन्तिनै चढाएकि छिन् ।

उनले भक्कानिदै भनिन् “दशै त गयाे, अब भाईटिका लगाउन पाउँने गरि मेरा दाईकाे रिहाई गरिदिन नेपाल सरकार मार्फत विश्व समक्ष अनुराेध गर्छु ।”

नारा सहित र्यालीले बजार परिक्रमा गरि जिल्ला प्रशासनमा पुगेर जाेशिकाे  रिहाईका लागि प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारी मार्फत परराष्ट्र मन्त्रालयलाई अनुराेध पत्र बुझाएका हुन ।

भीमदत्त नगरपालिका ३ महेन्द्रनगरका स्थानीय रहेका जाेशि सुदूरपश्चिम विश्वविद्यालय मार्फत लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत इजराईल गएका थिए ।

अनुराेध पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अधिकारीले `विपिन जोशीको रिहाईका लागि घर परिवार, आफन्त एवं विद्यार्थीले उठान गरेका विषयमा परराष्ट्र मन्त्रालयको ध्याकर्षण गराउने बताए ।´

यस घटना प्रती सिङ्गो राष्ट्रनै पहलका लागि लागि परिरहेकाे सुनाउदै फेरी पनि कञ्चनपुर देखिकाे अनुराेध सन्देश मन्त्रालयमा पठाउने सुनाए ।

यस १० जनाकाे हमासकाे आक्रमणबाट मृत्यु भएका थिए । उनी भने हमासकाे नियन्त्रणमा रहेकाे ईजरायल सरकारले पुष्टि गरेकाे छ ।

प्रदर्शनका तस्विरहरू  

Leave a Reply

Your email address will not be published. Required fields are marked *