कञ्चनपुर -जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फेरि ठुलाे मात्रमा लाखाै मूल्य बराबरकाे अबैध समान बरामद गरेकाे छ । दैनिक जसाे लाखाै मुल्यका भन्सार चाेरी, छली, तस्करीका समान बरामद गर्दै आएकाे कञ्चनपुर प्रहरीले विभिन्न मितिमा भिमदत्त नगरपालिका-४, १८ र बेतकाेट नगरपालिका-७ बाट साढे दस लाख बढिकाे अबैध समान सहित एक जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेदकोट-७, भिमदत्त-४ र १८ मा भारतबाट भन्सार छली गरी ल्याई लुकाई छिपाई राखिएका अन्दाजी १० लाख ९६ हजार ५ सय ४० रूपयाँ बराबरका समान र एक जनालाई पक्राउ गरिएकाे कञ्चनपुर प्रहरी प्रबक्ता डि.एस.पि. प्रकाश डाँगीले बताउनु भयाे ।
उहाँका अनुसार बरामद गरिएका समानमा कपडा,जुत्ता,साडि ,प्लास्टिक झिल्लि,गिलास,काठका चम्चा कानुन बमोजिम बरामद गरी एक जना मानिस समेतलाई आवश्यक कार्वाहिका लागि भन्सार कार्यालय गड्डाचाैकि पठाएकाे बताए ।
यसरी कञ्चनपुर प्रहरीले दैनिकजसाे लाखाैका भन्सार चाेरी, तस्करीका अबैध समान र मानिस समेतलाई पक्राउ गर्दै कानुनी दायरामा ल्याउदै आएको छ ।

