एमाले कञ्चनपुरकाे शुभकामना आदान प्रदान र चियापान कार्यक्रम सम्पन्न

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेकपा एमाले कञ्चनपुरले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । शनिबार जिल्ला पार्टी कार्यालयमा एमाले कञ्चनपुरले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको हो ।

एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले  विजया दशमी, शुभ दिपावली, नेपाल संम्वत तथा छठको पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको बताउनु भयाे ।

कार्यक्रममा एमाले नेता कार्यकर्ताहरुले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठको पर्वलाई समाजिक विकाससंग जोडेर अघि बढ्नु पर्नेमा जोडदिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेकपा एमालेका पार्टि सचिव, कर्णाली प्रदेशका इन्चार्ज एव पुर्वमन्त्री लेखराज भट्टले दशैँ, तिहार एव छठको अवसर पारेर आपसी मतभेद हटाउन समेत आब्हान गरेकाे बताएका छन ।

पार्टिका जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले सबै नेपाली दाजुदाई तथा दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्नुहुदै नेकपा एमालेकाे विचार धारा जनताकाे पक्षमन सधैभ रहेकाे बताए ।

उहाँले  “अहिलेकाे राजन‌ैतिक अवस्थाले जनतामा निराशा पलाएपनि एमालेकाे विचारधारामा जनता रहेकाे धारणा व्यक्त गरे ।”

कार्यक्रममा पार्टिका नेता, जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी गाेपाल प्रसाद अधिकारी, कञ्चनपुर प्रहरी प्रमुख एसपि कमल थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

एमाले कञ्चनपुरका कावा अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका सचिव पल्लवराज भट्टले संचालन गरेका थिए । कार्यक्रममा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *