अम्बा दत्त तिवारी/कञ्चनपुर – जिल्लाकाे भीमदत्त नगरपालिका वडा नम्बर- २ स्थित सरस्वती मा.बि. महुलिया, उल्टाखामका पूर्व विद्यार्थीहरूको भेला सम्पन्न भएको छ। शुक्रबार एक कार्यक्रमकाे आयोजना गरी पुर्व विद्यार्थीहरूकाे भेफा स्कुलमा सम्पन्न भएकाे हाे ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भीम भट्टकाे अध्यक्षतामा सम्पन्न भेलाका प्रमुख अतिथिमा भीमदत्त नगरपालिका वडा नम्बर- २ का वडाध्यक्ष उत्तम भट्ट रहनु भएको थियो।
उक्त भेलाले पुर्व बिद्यार्थी समाज तदर्थ समिती समेत गठन गरेको छ। नव गठित कार्य समितिमा अध्यक्ष मनोज प्रसाद उप्रेती, उपाध्यक्ष नारायण चन्द, सदस्य सचिव जगन्नाथ पाण्डेय, कोषाध्यक्ष बिन्दु ऐर, सदस्य चेत राज भट्ट, तिलक प्रसाद जोशी, जयन्त पार्की, अङ्कित चौधरी, पूनम खडायत चयन भएका छन्।

