महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा रामलिला कार्यक्रम हुने भएको छ । शनिबार कार्तिक-११ देखि भीमदत्त नगरपालिका-४ महेन्द्रनगर खुला मञ्चमा रामलिला कार्यक्रम हुने भएको हो ।
विहिबार रामलीला लाग्ने स्थल महेन्द्रनगरको खुला मञ्चमा पत्रकार सम्मेलन गदै कञ्चनपुर रामलिला समितिको आयोजनामा हुने रामलिला महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
हरेक बर्ष झै यस बर्षपनि जिल्ला सदरमुकाम महेन्द्रनगरमा रामलिला महोत्सव हुन लागेको छ । कञ्चनपुर रामलिला समितिका अध्यक्ष शमरजङ्ग बहादुर चन्दले पुरुषोत्तम भगवान रामचन्द्र जस्तै चारित्रिक समाजको परिकल्पना अनुरुप महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष चन्दले पछिल्ला दिनहरुमा समाजमा विकृती बिङगती बढिरहेका बेला आर्दश रामको चरित्र जस्तै समाज बनाउने उदेश्य रहेको बताए ।
अध्यक्ष चन्दले ०५२ सालदेखि महेन्द्रनगर खुला मञ्चमा भईरहेको रामलिला महोत्सव ०७२ देखि निरन्तर भईरहेको बताए । महोत्सवको मञ्च व्यवस्थापनदेखि कलाकार तयारी अवस्थामा रहेको बताए ।
सुदूरको परापुर्वकालदेखि चल्दै आएको लोक संस्कृती संस्कारका साथै धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि रामलिला संचालन हुन लागेको उनले बताए । समाजलाई आर्दश रामजस्तै बन्न प्रेरित गर्न र हिन्दुत्व जर्गेनाका लागि रामलिलाले योगदान पु¥याउने चन्दले बताए । ‘आर्दश रामको जिवन चरित्रमा उर्तानका लागि पनि रामलिलाको महत्वपूर्ण योगदान हुन्छ ।’ उनले भने ‘राम्रोसंग गहन रुपमा रामलिला अवलोकन गर्नुपर्छ ।’
कञ्चनपुर रामलिला समितिका महासचिव नरेन्द्र प्रशाद जोशीले धर्म संस्कार संरक्षणका साथै मानिसलाई आर्दशवान बनाउनका लागि महोत्सव आयोजना गरिएको बताए । महासचिव जोशीले नयाँ पुस्तामा समाजिक सद्भाव, कर्तव्य बोध गराउन रामलिला महोत्सव मार्ग दर्शन हुने बताए ।

