इजरायलमा ज्यान गुमाएका तीन जना विद्यार्थीकाे शव काठमाण्डाै आइपुग्याे

मोडल राजनीति विशेष समाचार

काठमाण्डाै – प्यालेस्टिन विद्रोहीको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका १० जना नेपाली मध्ये तीन जनाको शव काठमाण्डौ आइपुगेको छ ।

इजरायलमा रहेको नेपाली दूतावासले चार वटा शव पठाएकोमा तीन वटा काठमाण्डौ आइपुगेका हुन् । एउटा दिउँसो एक बजे आइपुग्ने छ । ज्यान गुमाएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी र दिपेश राज विष्टको शव नेपाल आइपुगेको हो । आशिष चौधरीको शव आज आइपुग्ने इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

तीनवटा शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा राखेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले इजरायलमा रहेका बाँकी शव पनि पठाउने क्रममा रहेको बताउनुभयो । कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गएको असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए ।

आक्रमणमा १० जना नेपालीको ज्यान गएकाे पुष्टि भए पनि एक जना विपीन जोशीको अवस्था भने अझै अज्ञात छ । जोशीको खोजी भइरहेको दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *