सशस्त्र प्रहरी र SSB विच चम्पावतमा डिआईजी स्तरिय बैठक, सिमा स्तम्भ मर्मतदेखि अपराध न्युनिकरणमा जाेड

मुख्य खवर राजनीति विशेष समाचार
मंगलबार भारतको चम्पावतमा नेपालको सुदूरपश्चिम प्रदेश र भारतकाे उत्तराखण्ड प्रदेश स्तरका सीमा सुरक्षा अधिकारी (सीमा सुरक्षा डिआईजी स्तर)मा भएको बैठकमा दुवै देशका सीमा सुरक्षा अधिकारीविच ९ बुँदे विषयमा छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी बल नेपाल न.७ बैद्यनाथ बाहिनीका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरिक्षक कुमार न्याैपानेले दुवै देशका सीमा सुरक्षा अधिकारविच सीमा सुरक्षा लगायतका विवित विषयमा छलफल भएको बताउनु भयाे । उनले भने “अहिले दशौँ, तिहार एव छठ लक्षित गरेर सीमा क्षेत्रमा हुने अपराध रोकथाम एव नियन्त्रणका लागि संयुक्त एव चेक जाँचलाई तिव्रता दिने सहमती भएको छ ।”यसका साथै दुवै पक्षले अन्र्तराष्ट्रिय सीमामा रहेका सीमा स्तम्भहरुको मर्मत, पुर्न निर्माण तथा रंगरोगन कार्यलाई स्थापित कार्य विधि अनुरुप अघि बढाउने, सीमा अतिक्रमणको नियमित निगरानी गर्ने, अतिक्रमण भएको पाईएमा स्थानीय स्तरबाटै दुवै पक्षसंग समन्वय गरेर रोकथाम एव अतिक्रमण हटाउने, मानव तस्करी रोक्न दुवै पक्षबाट समन्वय गर्ने, सीमा क्षेत्रमा हुने अवैध कारोबार लागु औषध तस्करी रोकथाम गर्ने, तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउने, सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना गरेर दुवै देशका नागरिकको आवागमन सहज पार्ने सहमती भएको सशस्त्र प्रहरी नायव महानिरिक्षक (डिआईजी) न्याैपानेले बताउनु भयाे।

सीमा क्षेत्रमा हुने अपराधिक गतिबिधी नियन्त्रण तथा निषेधित गर्नुक साथै विवित सीमा समस्या बारे दुवै पक्षबाट सुचना आदान प्रदान गरेर सीमा क्षेत्रमा आईपर्ने समस्या निवारण गर्ने सहमती भएको छ ।

सीमा बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनीका बाहनीपती सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने सहित सुप प्रदेश कञ्चनपुर कैलाली, डडेल्धुरा, बैतडी, दार्चुलाका सशस्त्र प्रहरी बल प्रमुख, भारतका तर्फबाट सीमा सुरक्षा बल(एसएसबी) पिलिभितका ५ औँ बटालियन कमाण्डर डिआईजी शुनिल कुमार दानी, अल्मोडा सेक्टरका डिआईजी डिएन बोमी सहित दुवै देशका सशस्त्र प्रहरी र एसएसबीको सहभागिता रहेको थियो ।

नेपाल भारतका सीमा सुरक्षा अधिकारीविच भएको सहमती व्यवहारिक कार्यान्वन गर्दै सीमा सुरक्षा, अपराध रोकथाम, सीमा क्षेत्रमा सहज आवागमका विषयमा दुवै देशका नागरिकले समेत जोडदिएका छन ।

टाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *