कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फेरी एकै दिनमा दश लाख बढिकाे मात्रामा अबैध समान सहित दुई जनालाई पक्राउ गरेकाे छ । भन्सार छली, चाेरी, तस्करीका विरूद्वमा कडा एक्सननै चलाएपछि फेरी विहिबार हिजाे एकै दिन १० लाख बढिकाे अबैध समान सहित दुई जनालाई पक्राउ गरेकाे हाे ।
विहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली गरेका १० लाख बढिका विभिन्न सामानहरु सहित दुई जनालाई प्रहरी गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रकाश डाँगीले जानकारी दिनु भयाे ।
भिमदत्त नगरपालिका वडा न.०४ सुशिल कुमार देवल र भि.न.पा.१८ बस्ने राजेन्द्र देवलको आफ्नै घरमा संचालन गरेका पसलमा शंका लागी चेकजाँच गर्ने क्रममा पसलमा र उनिहरूकै गोदाममा अवैध रुपमा भन्सार छली गरी ल्याई राखिएका अन्दाजि १० लाख ८२ हजार ९ सय ४२ रूपयाँ बराबरका खाद्यान्न सामग्री, जुत्ताचप्पल र गहुँ सहितको ट्रक फेला पारी कानुन बमोजिम बरामद गरि आवश्यक कार्वाहिका लागि दुवै जना मानिस समेत भन्सार कार्यालय गड्डाचौकी पठाईएकाे सुचना प्रबक्ता डाँगीले बताउनु भयाे ।
प्रहरीले गैरकानुनि, भन्सार चाेरी छली तथा तस्करी विरूद्व निर्मम ढंगले लागे संग दैनिक लाखै मुल्यका अबैध समान बरामद गर्न सफल भएकाे हाे । यसरी एक्सनमा उत्रीय संगै कराेडाैका समान बरामद गरि सकेकाे छ ।

