कञ्चनपुर- सीमावर्ती सुदूरपश्चिम कञ्चनपुरको बेलौरीमा लागु औषध बिरुद्धको महाअभियान शुरु भएको छ । शुक्रबारदेखि बेलौरी नगरपालिकामा लागु औषध बिरुद्धको महाअभियान शुरु भएको हो ।
भारतसंग सीमा जोडिएको बेलौरीमा पछिल्ला बर्षहरुमा लागु औषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएपछी बेलौरी स्थानीय सरकारले लागु औषध बिरुद्धको अभियान शुरु गरेको छ ।
लागु औषध बिरुद्धको महाअभियान उद्घाटन समारोहको अध्यक्षतामा समेत ग्रहण गरेका बेलौरी नगरका मेयर पोतिलाल चौधरीले समाजमा विकराल रुपमा देखिएको लागु औषध नियन्त्रणका लागि अभियान थालिएको बताए । मेयर चौधरीले भारतसंग प्रत्यक्ष सीमा जोडिएको बेलौरीमा लागु औषधका कुनैपनि कारोबार सेवन एवं ओसारपसार नियन्त्रणका लागि अभियान थालिएको बताए ।
‘आजदेखि हामीले अभियान शुरु गरेका छौँ, ‘मेयर चौधरीले भने, ‘बेलौरीका १० वटै वडा र सबै बस्तीहरुमा सरोकारवालासग समन्वय गरेर थप बस्ती स्तरमा सचेतनामुलक कार्यक्रम गछौँ ।’
हालसालकै बर्षहरुमा बेलौरीका ९१ जना स्थानीय युवा लागु औषधको मुद्दा खेपिरहेको र बेलौरी क्षेत्रको भूगोलबाट झण्डै २ सय जना पक्राउ गरिएको बताए । ‘भावि दिनमा लागु औषधको थप भयावह अवस्थाबाट जोगिन हामीले समयमै अभियान शुरु गरेका छौँ, ‘मेयर चौधरीले भने, ‘लागु औषध नियन्त्रण एक निकायबाट मात्रै सम्भव नहुने भएकाले समाजका सबै तहतप्ताबाट हुने विषय भएकाले हामीले अभियान नै संचालन गरेका छौँ । ’
मेयर चौधरीले बेलौरी मात्रै नभई दक्षिण क्षेत्रका अन्य पालिकासंग समन्वय गरेर यस क्षेत्रलाई लागु औषध मुक्त गराउने सुन्यमा झार्ने उदेश्य रहेको बताए । उनले लागु औषध नियन्त्रणका लागि पालिकासंगै प्रदेश र संघीय सरकारले समेत सहयोग गर्नुपर्नेमा अपेक्षा गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभामुख भीम बहादुर भण्डारीले लागु औषध नियन्त्रणका लागि स्थानीय स्तरमा बेलौरी जस्तै अन्य पालिकाहरुले समेत अभियान संचालनमा जोड दिएका छन ।
सभामुख भण्डारीले पछिल्ला बर्षहरुमा सुदूरपश्चिमनै लागु औषधका कारण समाज ध्वस्त भईरहेका बेला समयमै निदान नियन्त्रणका लागि सरोकारवाला निकाय जिम्मेबार रहेको बताए । उनले कुनै लागु औषधका सेवनकर्ता वा व्यक्ति पक्राउ परे राजनीतिक दलबाटै छुटाउने काम भएकाले यस्तो नगर्न आग्रह गरेका छन ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुन मन्त्री शिवराज भट्टले लागु औषध नियन्त्रणका लागि सुरक्षा निकाले थालेको कामकार्बाहीमा समेत सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोडदिएका छन । मन्त्री भट्टले प्रदेश सरकारले समेत लागु औषध नियन्त्रणका लागि सरोकारवालासग समन्वय गरेर अघि बढ्ने बताए ।
सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री झपट बहादुर साउदले लागु औषध जरैदेखि निर्मुल पार्नका लागि प्रदेश सरकारले समेत पालिकासंग सहकार्य समन्वय गर्ने बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्यत्रय ओम विक्रम भाट(सरल), दिवान सिह विष्टले समेत लागु औषध नियन्त्रणका लागि बेलौरी पालिका सरकारले थालेको अभियान सरायिन भएको प्रसंसा गर्दै अभियानमा साथ सर्मथन जनाएका छन ।
सुदूपश्चिम प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआईजी) भारत बोहराले पछिल्ला दिनहरुमा सुदूरपश्चिममा लागु औषध भयावह अवस्थामा रहेको औल्याए । उनले `लागु औषध नियन्त्रणका लागि प्रहरीले यस्तै पालिका सरकार सहितका सरोकारवाला संगको सहकार्यमा कार्यक्रम गरेर नियन्त्रण गरिरहेको बताए ।´
कार्यक्रममा लागू औषध दुर्वेशनीकाे अवस्था र पछिल्ला तथ्यांककाे बारेमा कञ्चनपुर प्रहरी प्रमुख एस.पि. कमल थापाले प्रस्तुतिकण गर्नु भएकाे थियाे । उनले भने “प्रदेश भरीमा ४ सय ७० कार्यक्रम सचेतनामुलक गरेकाे बताउदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मात्रै लागू औषध नियन्त्रणका सवालमा चालू आर्थिक बर्षमा मात्र ५४ वटा कार्यक्रम गरेकाे बताए ।”
यसकाे राेकथाम तथा नियन्त्रणका सवलमा प्रहरी एक्लैले मात्र नभई परिवार, समाज, र सराेकारवाला पक्ष सबेैले ध्यान दिनु पर्ने धारणा राखे ।
कार्यक्रममा ड्रग सेवन गरेकाे नगरेकाे भन्ने पत्ता लगाउने मेसिन ड्रगएनलाईजर समेत नगरपालिकाले ईलाका प्रहरी कार्यालय बेलाैरीलाई हस्तान्तरण गरेकाे थियाे । उक्त साधन नगर प्रमुख चाैधरीले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख बाेहरा मार्फ बेलाैरी प्रहरीलाई प्रदान गर्नु भएकाे थियाे ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारी, सशस्त्र प्रहरीका डिआजी कुमार न्याैपाने, बेलौरी नगरपालिका भरिएका सामुदायिक तथा सस्थागत विद्यालयका विद्यार्थी, अभिभावक, भलमन्सा, स्थानीय विभिन्न संघ संस्थाहरुले बजारमा जनचेतनामुलक र्याली निकालेका थिए । कार्यक्रमको संचालक बेलौरी नगरका कर्मचारी मान बहादुर चन्द र शिक्षक लक्ष्मण दियालले संचालन गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका हजारौँको सहभागिता रहेको थियो । स्थानीय नागरिक सहित जिल्ला प्रदेशका सरोकारवालाले बेलौरीले सचालन गरेको अभियान सहृानिय भएकोले निरन्तरता दिईएकाे छ ।

