कञ्चनपुर प्रहरी एक्सनमा: महेन्द्रनगरको गुप्ता किरानाको गोदामबाट लाखौको अबैध समान बरामद्

Uncategorized

रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भन्सार चोरीछली तस्करी एवं समाजिक विकृती बेथिति बिरुद्धमा निर्मम एक्सनमा उत्रिए संगै धमाधम गोदाममै छापा मारेर लाखौका अबैध समान बरामद गर्न थालेको छ । बुधबार बेलुका प्रहरीले महेन्द्रनगर बजारको गल्ली नम्बर २ मा अवस्थित  गुप्ता किराना पसल र उसैको गोदाममा छापा मारेर लाखौ मुल्यका भन्सार छलीगरी ल्याएका अबैध समान बरामद गरेको हो ।

तस्करी र भन्सार छलीको विरुद्ध कडा रुपमा प्रस्तुत भएको कञ्चनपुर प्रहरीले केहि दिन अघि मात्रै यस्तै प्रकृतिका गोदाममा छापा हानेर भन्सार छलीका लाखौका समान बरामद गरेको घटना सेलाउन नपाउदै फेरी बर्ष ४५ को भिनपा-४ बस्ने विस्नु गुप्ताले सञ्चालन गरेको गुप्ता किरानाको पसल र उसैको गोदाम भिमदत्त नगरपालिका-१८ कटानमा अवस्थित तेज बहादुर चन्दको घरमा लिजमा लिएर बनाई राखेको गोदाम घरबाट लाखौ मुल्य बराबरको भन्सार छलीका अबैध खाद्यान्नका विभिन्न समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरी निरिक्षक हर्ष बहादुर चन्द नेतृत्वको प्रहरी टोलीले गुप्ता किरानाको पसल र गोदामबाट उक्त समान बरामद गरेको थियो । विषेश सुचनाको आधारमा हामिले छापा मार्दा भन्सार छलीका समान पसलमा फेला परेपछि गोदाम सम्म पुग्दा धेरै समान रहेको खुलेको प्रहरी निरिक्षक चन्दले बताए ।

घटना स्थल गुप्ता किरानाको गोदाममै पुगेका  जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रमुख प्रहरी उपरिक्षक कमल थापाका अनुसार बरामद् भएका समान अधिकाशं खाद्यान्नका रहेको र जसमा चामल, तेल, दाल, चिनी, मसलाका परिकार, साबुन, सोडा, लगायत विभिन्न किरानाका अन्य गरी करिब अन्दाजी ८ देखि १० लाख मुल्य बराबरको भन्सार छलीको समना बरामद गरेको बताउनु भयो । उनले भने, ”अहिले समान बरामद गरेर प्रहरी कार्यालयमा ल्याएका छौ, मुल्यांकन गरेर आवश्यक कार्वाहीका विहिबार भन्सार पठाउछौ ।” यसरी गैर कानुनी गतिविधि गरी देशको राजस्व चुहावट गर्ने जोकोहीलाई छुट नभएको भन्दै कञ्चनपुर प्रहरीले त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न कडा कदम चालेको प्रहरी उपरिक्षक थापाले बताए ।

कञ्चनपुर प्रहरीको नेतृत्वले दिन प्रतिदिन भन्सार छली, समाजमा भईरहेका गैरकानुनी गतिविधि देखिन अपराध नियन्त्रणका सवालमा निर्मम भएर लाग्नु राम्रो विषय भएको र त्यसमा कञ्चनपुर उद्योग बाणिज्य संघको समेत सहयोग रहेको उद्योग बाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले बताउनु भयो । उनले भने ”एक दुई जना व्यापारीको लगत प्रवृतिका कारणले गर्दा अन्य व्यापारीलाई समेत धक्का पुगेको भन्दै यस्ता खाले गैरकानुनी काम गर्ने जोकोहीलाई पनी कार्वाहीको भागेर हुनुपर्छ ।” भन्सार काटेर बैध रुपमा काम गर्नु पर्छ उनले भने गलत गर्ने कसैलाई पनी उद्योग बाणिज्य संघको सहयोग नरहेको बताए । पछिल्लो समयमा प्रहरीले गरी रहेको कार्यको उच्च प्रशंसा गदै उद्योग बाणिज्य संघ कञ्चनपुर अध्यक्ष जोशीले सबै व्यापारीले बैध रुपमा व्यापार गर्न समेत अनुरोध गर्नु भएको छ ।

प्रहरी निरिक्षक हर्ष बहादुर चन्द नेतृत्वको प्रहरी टोलीले गुप्ता किरानाको पसल र गोदामबाट उक्त समान बरामद गरेको थियो । विषेश सुचनाको आधारमा हामिले छापा मार्दा भन्सार छलीका समान पसलमा फेला परेपछि गोदाम सम्म पुग्दा धेरै समान रहेको खुलेको प्रहरी निरिक्षक चन्दले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कानुन विपरितका कार्यमा कडा एक्सन चलाए संगै एकातिर प्रत्येक दिन जसो लाखौ मुल्य बराबरको राजस्व संकलन भईरहेका छ, भने अर्को तर्फ विभिन्न खालका अपराध र समाजमा हुने गलत प्रवृतिका कार्यमा कमी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *