बेलाैरीमा लागु औषध विरूद्वकाे महाअभियान २०८० काे बृहत कार्यक्रम हुँदै

मुख्य खवर राजनीति विशेष समाचार
बेलौरी नगरपालिका भारतिय सिमानाका नजिक रहेको पालिका भएर लागुऔषधका प्रयोगकर्ता एवम व्यापारीहरुले यही नाका प्रयोग गर्ने भन्दै बेलौरी नगरपालिका र ईलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त आयोजनामा लागुऔषध विरुद्धको महाअभियान २०८० गरिने नगर प्रमुख पोतीलाल चौधरीले जानकारी दिएका छन् । कार्यपालिकाको निर्णय अनुसार नै यो महाअभियानको आयोजना गरिएको उनले बताए ।विगत ५ वर्षमा बेलौरी नगरपालिका क्षेत्रबाट लगभग २ सय जना लागुऔषधका प्रयोगकर्ता, व्यपारीहरु पक्राउ परेको तथ्याङक प्रहरीले दिएको र जसमध्ये ९१ जजा माथी मुद्धा चलाईएको नगर प्रमुख चौधरीले बताए । सेवन गर्ने को संख्या प्रत्येक वर्ष बढदै गईरहेको अवस्थामा अब आउने केही वर्षमा प्रत्येक घरमा एकजना लागुऔषध प्रयोगकर्ता फेला पर्न सक्ने चिन्ताजनक वातावरण निर्माण भईरहेको उनले बताए ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाबाट यो कुलतको अन्त्य गर्ने अभियानको थालनी गर्ने उदेश्यले महाअभियानको थालनी गरिएको नगर प्रमुख चौधरीले बताए ।

साथै कञ्चनपुर जिल्लामा एउटा रिह्याब सेन्टरको आवस्यक्ता रहेको र मुख्य मन्त्रीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा यी समस्याहरु राखिने उनले बताए । साथै आफनो पालिकाले कैलालीमा संचालनमा आउने रिह्याब सेन्टरलाई ५ लाख रुपैँया सहयोग पनि गरिएको नगर प्रमुख पोतीलाल चौधरीले बताए ।

असोज २६ गते बेलौरी बजारमा भव्य य्रालीको अयोजना गर्दै बेलौरी नगरपालिकामा रहेका हरेक टोल समुदाय बिद्यालयमा जनचेतना मुलक छलफल र बिभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । साथै पालिकाले लागु पदार्थ सेवनकर्तालाई जाँच गर्ने मेसिन पनि ईलाका प्रहरी कर्यालयलाई प्रदान गर्ने भएको छ । कुनै पनि संकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उसले लागुपदार्थ सेवान गरेको छ वा छैन भनेर पनि चेकजाँच गरिने भएको छ ।

उक्त महाअभियानको दिनमा बिभिन्न जनचेतना मुलक लेखहरु लेखिएका ४ हजार टिसर्ट को पनि व्यवस्था गरिएको छ । ईलाका प्रहरी कार्यलय बेलौरीका ईन्चार्ज प्रहरी निरिक्षक गौरीप्रशाद जैशीले बजारमा बढदै गएको लागुऔषधको बजार मागलाई कम गर्ने, उत्पादनलाई कम गर्ने र यसबाट हुने असर क्षतीबारे जानकारी प्रदान गर्न बिभिन्न कार्यक्रमको आयोजना गरिने उनले बताए ।

साथै पक्राउ गरेर मात्रै यसको समाधान नभएर प्रयोग गर्न भन्दा पहिले नै जनचेतना मुलक कार्यक्रम गरी युवाहरुलाई सचेत गराउनका लागी पालिकासंग को सहकार्यमा महाअभियान गर्न लागेको उनले बताए । बेलौरी भन्दा बाहिरका लागुऔषध प्रयोगकर्ताहरु बढी आउने र यो नाका प्रयोग गर्ने गरेको उनले बताए । साथै प्रहरीले लागुऔषध कारोवारी, प्रयोगकर्तालाई छोड्दैन भन्ने सुचना प्रवाह गर्नपनि यो कार्यक्रमको आयोजना गरिएको प्रहरी निरिक्षक जैशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *