कञ्चनपुरकाे पुनर्वासमा छाेराेले गरे बुवाकाे हत्या

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– जिल्लाकाे पुनर्वास नगरपालिका-११ मा छोराले बुवाको हत्या गरेका छन् ।  घरमा सामान्य विवाद हुदाँ काेदालाे प्रहारगरी आफ्नै बुवाको हत्या गरेको स्थानीयले बताए ।

आईतबार करिव बिहान ८ बजे भिम बस्तिका ४६ बर्षीय बुवा जसवीर धामीलाई आफ्नै १८ वर्षीय छोरा हेमन्त धामीले गाेदालाे प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी निरिक्षक पुष्करराज पन्तले जानकारी दिनु भयाे।

उनले भने ‘घरायसी विवादकै कारण घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाए पनि घटना बारे थप अनुसन्धान भइरहेको छ ।’

गाेदालाे प्रहारबाट घाइते भएका बुवाको घटनास्थलमै मृत्यु भएको थियो । अहिले छोरालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *