रमेश प्रशाद भट्ट/कञ्चनपुर- भन्सार राजस्व चोरी तस्करी बिरुद्धमा कञ्चनपुर प्रहरी निमर्म बन्दै गएको छ । सीमावर्ती कञ्चनपुरमा भारतबाट चोरी तस्करी गरेर अवैध समान भित्र्रिन थालेपछि प्रहरीले निर्मम एक्सनका साथ अघि बढदै गएकाे हाे ।

तिहारलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सम्भावित चोरी तस्करी नियन्त्रणका लागि सकृयता देखिएको छ । तस्कर बिरुद्धको अप्रेसनमा स्वयम कञ्चनपुर प्रहरी प्रमुख एसप थापा, प्रहरी निरीक्षकद्वय पुष्कराज पन्त, हर्ष बहादुर चन्द नेतृत्वको टोलीले फिल्डमै गएर अवैध समान बरामद गर्दै भन्सार चलान गरिरहेका छन ।

एक दिनको अवधिमा कञ्चनपुर प्रहरीले भन्सार चोरीछली गरेको १करोड भन्दा बढिको अवैध समान बरामद गरेको छ । कञ्चनपुर प्रहरीको तथ्याङ्क अनुसार १ करोड, २ लाख, २१ हजार २५५रुपैँया बराबरको अवैध समान बरामद गरेको छ । यसविचमा झण्डै ६ जना मानिस पक्राउ गरेको जनाएको छ ।

कञ्चनपुर प्रहरीको तथ्याङ्क अनसार १० साउनमा अपि भण्डारबाट ९ लाख, ११ असारमा ट्रपिराम फुलेलले संचालन गरेको खनाल किराना पसलबाट म्याद गुज्रिएका समान बरामद गरेर नष्ट गरेको छ । ११ असोजमै भीमदत्त नगरपालिका ६ सुकासाल क्षेत्रबाट ३ लाख, ४६ हजार, ५६५ रुपैया बराबरको अवैध समान बरामद गरेको छ ।

१४ असोजमा भीनपा ११ भुजेला क्षेत्रबाट ५ लाख, ५ हजार ३५०रुपैया बराबरको अवैध समान, १५ असोजमा भीनपा ११ तिनताराबाट ५ लाख, ६६ हजार ४सय, १५ असोजमै रोहित टे«डर्सको नामबाट आएको ४९ लाख, ६३ हजार, ८४०रुपैया बराबरको ईलेक्ट्रोनिक समान बरामद गरिएको छ ।
१७ असोज बेदकोट नपा ९ गृहलक्ष्मी उद्योगबाट बरामद गरिएको समान आन्तरिक राजस्वको जिम्मा लगाएको छ । १७ असोजमै भीनपा ६ सुकासाल क्षेत्रबाट १ लाख, ३८ हजार, ६सय बराबरको अवैध समान बरामद, १८ असोज भीनपा ६ऐठपुरका भुवन भाटको घरबाट १०लाख बराबरको समान, १९ असोजमा भीनपा १८ महेन्द्रनगरका शुशिल गुप्ताले संचालन गरेको हिमान्शु प्लाष्टिक स्टोरबाट ११ लाखको समान, १९ असोजमै बेदकोट नपा ७ सुडाबाट हाम्रो टे«डर्स एण्ड सप्लायर्सबाट ३ लाख, १९ असोजमै भीनपा ३ न्यू त्रिपुरा सुन्दरी टेडर्स एण्ड सप्लायर्सबाट २लाख, २० असोजमा पुनर्वास नपा ११ मोहना स्थित मोहना नदिको छेउबाट १लाख, ८९ हजार ३१०, दोधाराचाँदनी नपा ७ कञ्चनभोजको बाबाथानबाट ४लाख, ५० हजार बराबरको समान बरामद गरेको छ ।
बरामद गरेको अवैध समान प्रहरीले भन्सार चलान गर्दै आएको छ । प्रहरी निरीक्षकद्वय पुष्करराज पन्त र हर्ष बहादुर चन्द नेतृत्वको टोलीले भीनपा ६ ऐठपुर र भीनपा १८महेन्द्रनगरमा भन्सार क्षेत्रबाटै क्यारिङ्गकर्ताको पछ्याउँदै २१ लाखको समान बरामद गरेका हुन । यि घटनाले भन्सारको मिलोमतोमै अवैध समान नेपाल भित्रिने पृष्टी गरिरहेको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले जिल्लाभरी भन्सार चोरी छली बिरुद्धमा प्रहरीले कार्बाहीले बताएको बताए । यस अघि भन्सार चोरीछली तस्करी नियन्त्रणमा प्रहरीले अपनाएको विधीभन्दा अहिले पृथक विधी अघि सारेर भन्सार चोरी तस्करी नियन्त्रणमा खटिएको बताए ।
‘यस हामी हामीले भारतबाट साहुको समान ओसार्ने क्यारिङ्गकर्ता समान्दै आएका थियौँ, उनीहरुले आफुहरु मजदुर हौँ भन्थे, ‘एसपी थापाले भने, ‘अहिले हामीले मजदुर पछ्याउँदै समानको मालिसम्मै पुगेर कार्बाही चलाएका छौँ ।’ अभियान निरन्तर चल्ने एसपी थापाले बताए । केही समय यता प्रहरीले जिल्लाका बजारबाट लाखौँका अवैध समान बरामद गरेको छ । गत बर्षदेखि कञ्चनपुर प्रहरी नेतृत्व एसपी कमल थापाले जिल्ला सम्हालेपछि चोरी तस्करीमा निर्मम भएर काम गर्दै आएका छन ।
नागरिकले समेत यसरी नै प्रहरीले निष्पक्ष भएर भन्सार राजस्व छोलीछली बिरुद्धमा एक्सनमा उत्रिनुपर्ने सुझाव दिएका छन । कसैले भन्सार, सीमा क्षेत्रमा रहेका प्रहरीसंग सेटिङ्ग गरेर लाखौँ कमाउने कसैले भन्सार तिरेर खाने गुजारा पनि नहुने भन्दै भन्सार राजस्व छली बिरुद्धमा प्रहरीको अभियान सरानिय भएको स्थानीयको धारणा छ । स्थानीयले राजस्व चोरीछली बिरुद्धको प्रहरी अभियान निरन्तर संचालनमा सुझाव दिएका छन ।

