रमेश प्रशाद भट्ट कञ्चनपुर, १८ असोज- कञ्चनपुर प्रहरीले महेन्द्रनगरका एक व्यवसायीको निजी निवासमा रहेकाे गाेदामबाट ठुलाे परिमाणमा अवैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरका व्यवसायी तिर्थ भाटको निजी निवास (गोदाम घर) बाट ठुलो परिमाणमा अवैध समान बरामद गरेको हो ।
बिहीबार दिउँसो भाटको निजी निवास भीमदत्त नगरपालिका ६ ऐठपुरबाट प्रहरीले दश लाख बराबरकाे परिमाणमा अवैध खाध्यान्नका समान बरामद गरेको जनाएको छ ।
प्रहरी निरीक्षकद्वय पुष्करराज पन्त र हर्ष बहादुर चन्दले क्यारिङ्गकर्ताले भारतबाट ल्याएको समानको फलोअफ गर्दै उक्त समान भाट निवासमा पुगेपछि प्रहरी टोलीले भारतबाट ल्याएका तीन बोरा चिनी र १ बोरा मिश्र्री सहित घरभित्र खानतलासी गर्दा भन्सार नकाटेको समान भेटाएपछि बरामद गरेका थिए ।
समान बरामद गरिएको स्थलमा पुगेका कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले भन्सार चोरी पैठारीका समान बरामद गरिएको बताए । ‘हामीले चाँडवार्डका बेला विशेष अभियान नै चलाएका छौँ, ‘उनले भने, ‘यहीसिलसिलामा भाट निवासमा समेत फलोअफ गर्दै जाँदा समान बरामद गरेका छौँ ।’
बरामद गरिएको समान अधिकाँस खाद्यान्न र किराना प्रकृतिको रहेको बताउँदै उनले बरामद गरिएको समान लाखौँको भएको बताए ।
बरामद समानकाे मुल्यांकन गर्दा दश लाख बराबरकाे समान रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी पुष्करराज पन्तले बताउनु भयाे ।बराममद समान आवश्यक कार्वाहिका लागि पहल भईरहेकाे उनले बताए ।
प्रहरीले पछिल्ला दिनहरुमा भन्सार चोरी छली तस्करी बिरुद्धमा निर्मम भएर समान बरामद गर्दै भन्सार चलान गरिरहेको छ । व्यवसायीह रुसंग प्रहरीले ईमान्दारितापुर्वक भारतबाट आउने समानको भन्सार काटेर ल्याउन समेत आब्हान गरेको छ ।

