रमेश प्रशाद भट्ट कञ्चनपुर, १८ असोज– कञ्चनपुर प्रहरीले महेन्द्रनगरका एक व्यवसायीको निजी निवासबाट ठुलो परिमाणमा अवैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरका व्यवसायी तिर्थ भाटको निजी निवास(गोदाब घर)बाट ठुलो परिमाणमा अवैध समान बरामद गरेको हो ।

बिहीबार दिउँसो भाटको निजी निवास भीमदत्त नगरपालिका ६ ऐठपुरबाट प्रहरीले ठुलो परिमाणमा अवैध समान बरामद गरेको जनाएको छ । प्रहरी निरीक्षकद्वय पुष्करराज पन्त र हर्ष बहादुर चन्दले क्यारिङ्गकर्ताले भारतबाट ल्याएको समानको फलोअफ गर्दै उक्त समान भाट निवासमा पुगेपछि प्रहरी टोलीले भारतबाट ल्याएका तीन बोरा चिनी र १ बोरा मिश्र्री सहित घरभित्र खानतलासी गर्दा भन्सार नकाटेको समान भेटाएपछि बरामद गरेका थिए ।

समान बरामद गरिएको स्थलमा पुगेका कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल थापाले भन्सार चोरी पैठारीका समान बरामद गरिएको बताए । ‘हामीले चाँडवार्डका बेला विशेष अभियान नै चलाएका छौँ, ‘उनले भने, ‘यहीसिलसिलामा भाट निवासमा समेत फलोअफ गर्दै जाँदा समान बरामद गरेका छौँ ।’

भारतबाट आउने समान भन्सार नकाटेको र भन्सार छलीगरेपछि समान बरामद गरिएको बताए । बरामद गरिएको समान अधिकाँस खाद्यान्न र किराना प्रकृतिको रहेको बताउँदै उनले बरामद गरिएको समान लाखौँको भएको बताए ।

व्यवसायी तिर्थ भाटले आफु बिरामी भएकाले चार महिना लगातार पसल बन्द गर्नुपर्ने भएकाले समानको बिलबिजक कतै राखिएको खोज्नुपर्ने बताए । ‘मेरो टाउकाको अप्रेसन भयो, म बिरामी थिए, ‘उनले भने, ‘यसले गर्दा समान स्टक रहेको हो, ‘यो समान हामीले भारतबाट ल्याएका होईन, हामीले त क्यारिङ्गकर्ताबाट खरिद गरेका हौँ ।’
कञ्चनपुर प्रहरीले पछिल्ला दिनहरुमा भन्सार चोरी छली तस्करी बिरुद्धमा निर्मम भएर समान बरामद गर्दै भन्सार चलान गरिरहेको छ ।

व्यवसायीहरुसंग प्रहरीले ईमान्दारितापुर्वक भारतबाट आउने समानको भन्सार काटेर ल्याउन समेत आब्हान गरेको छ । कञ्चनपुर प्रहरीले तस्करी माथि एक्सन चलाए संगै धमाधम अबैध समान बरामद गर्न प्रहरी सफल भएकाे छ । जसले गर्दा विगत भन्दा १ सय ४७ प्रतिशतकाे हाराहारीमा राजस्व संकलनमा समेत बृद्वि भएकाे छ ।
कञ्चनपुर प्रहरी प्रमुख एसपि कमल थापा समान बरामद स्थल भिनपा-६ एठपुर भाट निवास


