रमेश प्रसाद भट्ट/कञ्चनपुर– जिल्लाकाे बेलडाँडी गाउँपालिकाले विद्युत सव- स्टेसन र कोल्डस्टोर बनाउनका लागि सरकारी अतिक्रमित जग्गा खालि गर्न अनुराेध गरेकाे छ ।
साेमबार गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाद्वारा जारी एक सूचनामा सरकारी जग्गा अतिक्रमण गरी बनाएका घर, टहरा हटाउन ३५ दिने सुचना जारी गरेकाे हाे ।
दैजिबाट बेलडाँडी साेझै विद्युत लाईन तान्न गाउँपालिका भित्र विद्युत सव-स्टेशन निर्माणका गर्न र कोल्डस्टोर निर्माण गर्न आवस्यक पर्ने जग्गाको लागि बेलडाँडी गाउँपालिका वडा नम्बर- २ अन्तर्गत पुर्वमा मोडेल चाईल्ड बोर्डिङ्ग स्कूल, पश्चिम नहर, उत्तर बाटो तथा दक्षिण वनक्षेत्रको सिमाना क्षेत्र चार किल्ला भित्रकाे सरकारी जग्गामा अतिक्रम गरि बनेकाे घर, टहरा हटाउन अध्यक्ष रानाले सुचनानै जारी गर्दै अनुराेध गरेका छन् ।
यस्ताे छ, सुचना 

