ग्याँस र पेट्रोलियम पदार्थकाे मुल्य बढयाे, ग्याँसकाे मुल्यमा ह्वातै बृद्वि

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार (आज) मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ ।

यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सोहीअनुसार वृद्धि गरिएको निगमले जनाएको छ ।

मुल्य सुचि

Leave a Reply

Your email address will not be published. Required fields are marked *