महेन्द्रनगर बजारकाे पार्क व्यवस्थित गरिदै

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  जिल्लाकाे भिमदत्त नगरपालिका-१८ महेन्द्रनगर नगर बजारमा रहेकाे पार्कलाई नयाँ किसिमले सजावट गर्ने काम तिव्र गतिमा भईरहेकाे छ । भिमदत्त नगरकाे मुख्य आकर्षणकाे केन्द्र रहेकाे भिम बाटिका पार्कलाई आकर्षक बनाउन नयाँ किसिमले सजावट गर्ने कार्य तिव्र रूपमा भईरहेकाे देखिन्छ ।

पार्क भित्र रहेका जिर्ण पुुराना विभिन्न बाेटविरूवा र झाडी सरसफाई गरी नयाँ तवर सजाउने कार्य अन्तरगत बाेट बिरुवा बृक्षाराेपणकाे काम भईरकाे भिमदत्त नगरपालिका वडा नम्बर-१८ का कार्यवाहक वडा अध्यक्ष पदम बहादर चन्दले बताउनु भयाे ।

गत बर्ष फागुन चैत्र महिना देखिनै पार्क सरसफाईका लागि खनजाेत भए पनि वडालाई जानकारी नदिएर काम भईरहेकाे पाईएपछि राेकिएकाे थियाे । पछि आएर वडाले व्यवस्थापनकाे काम अघि बढाएकाे कार्यवाहक अध्यक्ष चन्दले बताउनु भयाे ।

उनले भने “अहिले पार्कमा NNSWA काे सहयाेगमा करिब ४ लाखकाे हाराहारीमा पार्क भित्र सरसफाई र सजावटि फुलका बृक्ष राेप्ने कार्य भईरहेकाे बताए ।”

`अहिले NNSWA एकल सहयाेग रहेता पनि चालू आवमा वडाले पनि पार्क व्यवस्थापनका लागि ५ लाख बजेट छुट्याएकाे उनले बताए ।´

नगरपालिकाकाे मुख्य आकर्षण बिन्दु महेन्द्रनगर बजारमै रहकाे पार्कलाई नमुना पार्क बनाउन वडाले याेजनानै बनाएर कार्य समेत धमाधम भईरहेकाे भिमदत्त नगरपालिका वडा नम्बर-१८ का वडा सचिव दिनेशराज भट्टले बताउनु भयाे ।

“हामिले आन्तरिक तथा बाहाय पर्यटकलाई भित्र्याउन व्यवस्थापनका लागि पार्क भित्र सुईमिङ पुल,देखिन चिल्ड्रेन पार्क सम्मकाे याेजना बनाएर साेहि बमाेजिम काम भईरहेकाे वडा सचिव भट्टले बताए ।”

अहिलेकाे चरणमा यस आ.व.मा ५ लाख रूपयाँ विनियाेजन गरिएकाे छ, उनले भने `यस बजेटले भ्याए सम्मका काम गर्ने र फेरी अर्काे चरणमा थप बजेट राखेर बाकि काम गर्ने लक्ष्य वडाले राखेकाे छ ।´

पार्क भित्र चारैतिर सजावटि जाराकाण्डाका बाेट राेप्ने र अन्य स्थानमा आवश्यकता अनुसारका सजावटका बाेट राेपिने पार्क भित्रकाे स्तम्भ निर्माण, गेट निर्माण गरिने उनले बताए । यस अघिनै पार्ककाे संरक्षण तथा व्यवस्थापनको लागि संरक्षण समिती गठन भई सक्रिय रहेको सचिव भट्टले बताए ।

पार्क संरक्षण समितका अध्यक्ष एमाले बाट निर्वाचित वडा नम्बर-१८ का निवर्तमान वडा सदस्य प्रशान्त भट्ट हुन । उनले भने “हाल सबै कार्य समिति मार्फत भईरहेकाे बताउदै पार्क सजावटकाे काम तिव्र रूपले भईरहेकाे बताए ।”

सबै कार्य सकिए पश्चात् पार्ककाे साैन्दर्य बढने र  आन्तरिक तथा बाह्य पर्यटककाे आकर्षणकाे केन्द्र बन्ने विश्वास गरिएकाे छ ।

हाल पार्क भित्र निमार्णकाे काम भई रहेकाले पार्कमा घुम्न आउने पर्यटककाे संख्या घटे पनि फाेटाे खिच्न आउनेकाे संख्या भने बृद्वि भएकाे पाईन्छ ।

तस्वीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *