तिलाचौरमा अनन्त चर्तुुदशी मेला हुने

मुख्य खवर राजनीति विशेष समाचार

सुवर्ण प्रशाद भट्ट/कञ्चनपुर-सुदूरपश्चिम प्रदेश कञ्चनपुरको उत्तरी भेग तिलाचौरमा अनन्त चर्तुदशी मेला हुने भएको छ । बिहीबार ११ असोजमा भीमदत्त नगरपालिका ८ तिलाचौर बाल उद्यान पार्कमा अनन्त चर्तुदशी मेला हुने भएको हो ।
बाह्रदेब ज्यावन सेवा समाजको आयोजना एव बाह्रदेब डाडाँबाग मन्दिर समितिद्वय तिलाचौर र हल्दुखालको आयोजनामा अनन्त चर्तुुदशी मेला संचालन हुने छ ।

बाह्रदेब ज्यावन सेवा समाजका अध्यक्ष गोपाल सिह धामीले सु्दूरपश्चिमको बझाङ्गको ज्यावन क्षेत्र सहितका जिल्लामा मनाईने अनन्त चर्तुुदशी मेला तराई(तिलाचौर)मा समेत संचालन गरिने बताए ।

अध्यक्ष धामीले हरेक बर्ष भाद्र चर्तुदशी तिथिका दिन मनाईने पर्व यस पटक औपचारिक रुपमा समेत पर्व मनाउन लागेको बताए । ‘हामीले यस पटक तिलाचौरमा २८औँ पटक मेला लगाउन लागेका छौँ, ‘अध्यक्ष धामीले भने, ‘यस पटक मेलालाई थप औपचारिक रुपमा मनाउने तयारीमा छौँ ।’

सुदूरपश्चिममा मनाईने धर्म, कला, संस्कृतिको संरक्षण प्रर्बद्धन एव प्रचारप्रसार गर्नका लागि मेलालाई औपचारिक रुपमा मनाउन लागेको बताए । ‘विगत बर्षहरुमा पनि हामीले पहाड जिल्ला एव कञ्चनपुरको तिलाचौर सहितका स्थानमा रहेका धार्मिक मठ मन्दिरमा पुजाअर्चना गरेर मनाउँथे, ‘उनले भने, ‘अहिले थप औपचारिक मनाउन लागेका छौँ ।’ बिहान नियमित पुजा अर्चना दिउँसो औपचारिक उद्घाटन गरिने अध्यक्ष धामीले बताए ।

बाह्रदेब ज्यावन सेवा समाजका सचिव नर बहादुर धामीले मेलाको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । सचिव धामीका अनुसार मेलाको औपचारिक उद्घाटनका लागि सुुदूपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले गर्ने कार्यक्तम रहेको छ । ‘हामीले यस क्षेत्रमा प्रतिनिधी, प्रदेश, स्थानीय जनप्रतिनिधी, पुर्व जनप्रतिनिधी, संस्कृति विद सहितका सरोकारवालाई समेत आमन्त्रण गरेका छौँ, ‘सचिव धामीले भने, ‘यस क्षेत्रको धर्म संस्कृतिलाई थप उजागर गर्ने हाम्रो उदेश्य हो ।’

मेला दर्शन एव अवलोनका लागि कैलाली, कञ्चनपुर सहित पहाडी जिल्ला भारतबाट समेत दर्शनार्थी आउने गर्दछन । तिलाचौरमा अनन्त चर्तुदशी मेलासंगै उक्त क्षेत्रमा थप धार्मिक पर्यटकीय महत्व बढाउने जानकारहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *