कञ्चनपुर: कञ्चनपुरका पत्रकार पहिलाद रानालाई सम्मान गरिएको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले पत्रकार रानालाई सम्मान गरेको हो । मंगलबार द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको १६औँ बार्षिकोत्सव तथा बार्षिक साधारण सभाबाट पत्रकार रानालाई सम्मान गरिएको छ ।

पत्रकार रानाले महिला, बालबालिका एव द्वन्द्वपीडितका क्षेत्रमा संचार माध्यमबाट भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको जनाएको छ ।
द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सिता बोहराले पत्रकार रानालाई प्रमाण पत्रका साथै सम्मान गरिएको बताउनु भयाे । पत्रकार राना नयाँ जनक्रान्ति पत्रिकामा कार्यरत पत्रकार हुन ।
यस्तै सम्मानित हुनेमा अन्य ४ जना पनि रहेका छन् । जसमा भीमदत्त नगरपालिका वन वातावरण तथा विपद् शाखा प्रमुख मनोज प्रशाद भट्ट, प्रहरी निरीक्षक बिनु शाही, नेपाल पुर्व प्रहरी बेदकोट नगरका अध्यक्ष लक्ष्मीदत्त पन्त, एकल महिला राधा पन्त सहितलाई दाेसल्ला ओढाएर सम्मान गरिएकाे द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सिता बोहराले कञ्चनपुर खबरलाई बताउनु भयाे ।
तस्वीर





