बेलाैरी उखुबारीमा बच्चाकाे हातखुट्टा बाधेर छाेडने फरार आमा पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर शुक्रबार बेलाैरी नगरपालिका- ७ स्याली खाेला नजिकै सिंहपुरकाे उखुबारी भित्र हातखुट्टा बाँधेर बच्चा छाेडि फरार रहेकी आमा २ दिनपछि फेला परेकि छिन् । ती नाबालक बच्चाकि आमा पुनर्वास-२ अमरैया घर भएकि २७ बर्षिया शर्मिला चाैधरीलाई ईलाका प्रहरी कार्यालय बेलडाँडीले पक्राउ गरेकाे हाे ।

उनलाई शनिबार बेलडाँडी गाउँपालिका-३ बैवाहाबाट पक्राउ गरी पुनर्वासका उप-मेयर भुलिया राना सहितकाे रहाेवरमा थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलाैरी पठाएकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीका ईन्चार्ज प्रहरी निरिक्षक कृष्ण बहादुर कुवँँरले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

शर्मिला तेस्रो व्यक्ति संग विवाह गर्न बच्चा छाेडेर गएकि प्रहरी अनुसन्धानबाट खुलेकाे छ । सामान्य बुझ्दा उनले दुई जना संग विवाह गरेकाे र ती दुवै फरक-फरक श्रीमानबाट बच्चा रहेका बुझिन आएकाे छ ।  शुक्रबार उखुबारीमा छाेडेका बच्चा र त्यस अघि ६ बर्षकाे अर्काे बच्चा समेत रहेकाे बुझिएकाे छ ।

अहिले जाे संग थिईन उनी संग त्याे छाेडेकाे नाै महिनाकाे बच्चाका कारण झगडा हुन थाले पछि उनले बच्चालाई छाेडेर अर्केसंग विवाह गर्न हिडेेकाे बुझिएकाे प्रहरीले बताएकाे छ ।

तेस्रो व्यक्ति संग फेसबुकबाट कुराकारी भई प्रेेममा परि उक्त बच्चालाई उखुबारीमा छाेडेर बेलडाँडी- ३ का केटा संग भागेर गएकी भन्ने सुचनाका आधरमा त्यहिबाट प्रहरीले पक्राउ गरेकाे हाे ।

हातखुट्टा बाधेर उखुबारीमा छाेडेकाे अवस्थामा बेलाैरीकाे सिहपुरमा स्थानियले देखेपछि बेलाैरी प्रहरीलाई खबर गरेपश्चात ती नाै महिने बालक प्रहरीले सकुसल फेला परेका थिए । बालकलाई प्रहरीबाट मामा घरकि बज्याैले बुझेर लगेका थिए । घटनाबारेमा अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *