बेलाैरीमा १४ महिने नाबालकलाई उखुबारीमा हातबाधेर छाेडेकाे अवस्थामा भेटिए

मुख्य खवर राजनीति विशेष समाचार

 रमेश प्रसाद भट्ट/कञ्चनपुर–  बेलाैरीमा एक नाबालक हात बाधिएको अवस्थामा भेटिएका छन् । जिल्लाकाे बेलौरी नगरपालिका–७ सिंहपुरकाे उखुबारीमा १४ महिनाको नाबालककाे हात बाधिएको अवस्थामा भेटिएका हुन् ।

ती बालक दुवै हात बाँधेको अवस्थामा बालिका भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। सडक छेउकै उखुबारीमा भेटिएकी बालिकासँगै खेलौना रााखिएकाे अवस्थामा भेटिएकाे हाे ।

साे स्थानबाट प्रहरीले बालककाे उद्वार गरी अहिले उनलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य चौकी लगेको छ। अन्दाजी १ बर्षिया ति बालककाे अवस्था सामान्य रहेकाे बेलाैरी प्रहरी ईन्चार्ज प्रहरी निरिक्षक गाैरी प्रसाद जैशीले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

उहाँका अनुसार स्थानियले देखेपछि प्रहरीलाई शुक्रबार (आज) विहान करिब ९ बजेकाे समयमा खबर पश्चात् तत्काल उद्वार गरी अस्पताल ल्याईएकाे बताए ।

उनले भने “बच्चा कसकाे हाे, कसले त्यहा किन हात बाधेर छाेडे ? भन्ने विषयमा अहिलेसम्म केही नखुलेको बताउदै अविभावककाे खाेजी संगै घटनाबारे अनुसन्धान भईरहेकाे बताउनु भयाे ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *