माओवादी केन्द्रले गर्याे बेलडाँडीबाट पहिलो पाईलट कोर्ष गर्ने बिष्टलाई सम्मान

मुख्य खवर राजनीति विशेष समाचार

बेलडाँडी, कञ्चनपुर – नेकपा माओवादी केन्द्रले कञ्चनपुरको बेलडाँडीमा पहिलो पाईलट कोर्ष गर्ने सागर बिष्टलाई सम्मान गरेको छ । माओवादी केन्द्र बेलडाँडी गाँउपालिका कमिटिले आइतबार एक कार्यक्रमका बिच पाईलट बिष्टलाई सम्मान गरेको हो ।

बेलडाँडी गाँउपालिका १ कञ्चनपुरका स्थानीय बिष्टले हालै अमेरिकाको बेईमेन एडिएसन शैक्षिक संस्थाबाट पाईलट कोर्स पुरा गरेर घर फर्किएका थिए । गृहनगर पुगेका बिष्टलाई माओवादी केन्द्रका नेता कार्यकर्ताले ढाकाटोपी, दोसल्ला ओढाएर सम्मान गरिएको गाउँकमिटि अध्यक्ष डम्मर शाहले बताए ।

माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष शाहले बिष्टले गरेको कोर्ष गाँउकै लागि गौरब भएकाले सम्मान र उत्साहका लागि सम्मान गरिएको बताए । कार्यक्रममा नेकपा मओवादी केन्द्रका प्रदेश नेता ईश्वरी प्रसाद भट्ट, हरि प्रसाद शर्मा, चन्द्र बहादुर बिक लगायत गाउँकमिटिका नेता कार्यकर्ताले बिष्टको कदर गर्दै सम्मान गरिएका थिए ।

अध्यक्ष शाहका अनुसार पढाईको सम्मानका साथै उक्त अध्ययनमा घर परिवारले निर्वाह गरेको भूमिका उच्च रहेको भन्दै प्रेरणाका लागि सम्मान गरिएको बताए । ‘बेलडाँडीले सागर बिष्ट जस्तो छोरा जन्माउनु बेलडाँडीवासीको गर्व रहेको बताए ।’ पाईलट सागर बिष्टले नर्सरीदेखि कक्षा २ सम्म बेलडाँडीकै नवज्योतिमा अध्ययन गरेका थिए ।

कक्षा ३ देखि १० सम्म प्रभात विद्या निकेतन बसन्तपुर र आईएस्सी महेन्द्रनगरको मर्निङ्ग ग्लोरीबाट अध्ययन गरेर १९ बर्षकै पाईलट कोर्ष पुरा गरेका थिए ।

पाईलट कोर्ष सकेर घर आएका सागर बिष्टले समेत आफ्नो सफलतामा घर परिवार, शिक्षक गुरुदेखि समाजको भूमिका रहेको भन्दै धन्यवाद प्रकट गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *