बाल दिवस कञ्चनपुर सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाईयाे

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – आज राष्ट्रिय बाल दिवस कञ्चनपुर सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएकाे छ ।

यस बर्ष बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस कञ्चनपुर जिल्ला सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाईएकाे हाे ।

जिल्लाकाे बेलडाँडी गाउँपालिकाकाे गुरूकुल एकेडेमि सहित विभिन्न निजि र सामुदायिक विद्यालयले नारा जुलुस सहित स्थानिय बजार परिक्रमा गरी दिवस भव्य रूपमा मनाएका हुन् ।

बालवालिकाकाे अधिकार सुनिश्चित हुनुपर्छ र यसलाई विद्यालय स्तरबाट सबैमा सचेतना फैलाउने गरी विद्यार्थी सहित शिक्षक र सराेकारवालाकाे सहभागितामा बाल दिवस मनााएकाे गुरूकुल एकेडेमीका प्रिन्सिपल भुवनेश्वर पण्डितले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

यस्तै जिल्लाका निजि तथा सामुदायिक स्कुल र विभिन्न संघ संस्थाले विविध कार्यक्रम गरी दिवस मनाएका छन् ।

बालबालिकाका क्षेत्रमा लगानी बढाउनु पर्नेमा घट्न थालेको छ । यसैलाई मध्यनजर गर्दै यसवर्षको नारा बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी तय गरिएको हो ।

पालिकाहरुले विनियोजन गर्नुपर्ने बजेट पनि अनिवार्य नगर्दा बालबालिकाको समग्र क्षेत्रमा असर पर्न थालेको छ । बालअधिकारकर्मीहरुले तीनै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् ।

नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ ।  सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।

२०२२ सालदेखि भदौ ४ गते मनाउन शुरु गरिएको बाल दिवस २०६३ साल पछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *