प्रतियोगिताको विजेता टिम झिलमिलाले नगद ७५ हजार ट्रफी प्रमाणपत्र मेडल, उपविजेता सिहपाल टिमले ४५ हजार ट्रफी, प्रमाणपत्र ,मेडल पाएका छन । प्रतियोगितामा २० टिमले सहभागिता जनाएको अल स्टार युवा क्लबका सचिव विकास सिह महताले बताए ।
कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले विजेता टिमलाई पुरस्कार हस्तान्तरण गर्दै गाँउप्रमुख रानाले गाँउको पहिचानका लागि बेलडाँडीको उच्च भूमिका हुने बताए ।
गाँउ प्रमुख रानाले बेलडाँडी पालिका सरकारबाट खेलकुद विकासका लागि सहयोग रहने समेत बताउदै गत बर्ष खेलकुदमा ५ लाख विनियाेजित भएकाे थियाे भने यस बर्ष १० लाख रूपयाँ विनियाेजित गरेकाे बताउनु भयाे । उनले बेलडाँडीमा खेल मैलानका लागि प्रकृया अगाडि बढि सकेकाे समेत बताउनु भयाे ।
प्रतियाेगितामा विभिन्न क्षेत्रबाट सहयाेग गर्ने संघ संस्था, मिडिया र प्रयाेजकलाई कदर पत्र सहित सम्मान समेत गरीएकाे थियाे । यस्तै खेलका ७ वटा उकृष्ट विधामा समेत खेलाडीलाई सम्मान पत्र र मेडलका साथ सम्मानित गरिएकाे थियाे ।
अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरको अध्यक्षतामा भएको कार्यक्तमममा बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना प्रमुख अतिथि रहेका थिए। भने विशिष्ट अतिथिमा उप-प्रमुख शान्ति नाथ रहनु भईकाे थियाे । यस्तै अतिथिहरूमा वडा नम्बर-१ देखि ५ सम्मका वडा अध्यक्ष, सदस्य लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

