कञ्चनपुर प्रमुख जिल्ला अधिकारीले गरे बेलाैरी मालपाेतकाे छड्के अनुगमन

मुख्य खवर राजनीति विशेष समाचार
बेलाैरी,कञ्चनपुर –कञ्चनपुरा प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीले बेलाैरीकाे मालपाेत कार्यालयमा छड्के अनुगमन गर्नु भएकाे छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी द्वारा बेलाैरीकाे मालपोत कार्यालयमा छड्के अनुगमन गरिएको हाे ।

No description available.

मालपोतमा कस्तो किसिमको सेवा प्रभाव भइरहेको छ, सेवाग्राहीले सहज ढंगले सेवा पाइरहेका छन् या छेैनन्, कर्मचारी समयमा हाजिर भए नभएको आदि विषयमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीले बताए ।

No description available.

रेडियो सुदूर सञ्चार संगकाे कुराकानीमा ” याे हाम्रो नियमित अनुगमन रहेको बताउदै उनलेे – कञ्चनपुरको दक्षिणी क्षेत्रकाे समग्र अवलोकन र स्थानीय तहका विविध विषय बस्तु संगै जनताका साझा समस्या बुझ्न यस क्षेत्रमा आएको बताए ।

No description available.

तीन महिना अघि मात्रै कञ्चनपुर प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी सम्हालेका उनले बेलाैरी पुनर्वासमा स्थानीय तह संग परिचयात्मक दृष्टिले पनि समन्वय गरिएको जनाए । अवलोकन पछि प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीले दक्षिणी क्षेत्रकाे मूलभूत समस्या लागूऔषध दुर्व्यशनी रहेकाले यसकाे नियन्त्रण र निर्मूलीकरणका लागि मातहतका निकायमा कडा निर्देशन दिइएको बताए ।

No description available.

साथै उनले पछिल्लो समय महामारीका रुपमा फैलिएको डेङ्गु राेग नियन्त्रणका लागि जनस्तरमा व्यापक जनचेतना फैलाउन सबैलाई अनुरोध गरेका छन् ।

No description available.

यस्तै उता बेलाैरी नगरपालिका ८ पचुँई मा वर्षाैदेखि अलपत्र हुलाकी सडक निर्माणका लागि समेत आवश्यक कदम चाल्ने अधिकारीले बताए ।

No description available.

टाेलीमा कञ्चनपुर प्रहरी प्रवक्ता प्रकाश डाँगी, सशस्त्र प्रहरी बल बेलाैरीका डीएसपी भरत कुवँर, ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक गाैरी प्रसाद जैशी लगायत कर्मचारीहरुकाे सहभागीता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *