कञ्चनपुर-१ का काँग्रेस पुर्व क्षेत्रीय उप-सभापति बुढा सहित थुप्रै कार्यकर्ता रास्वपा प्रवेश

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर–  कञ्चनपुर निर्वाचन क्षेेत नम्बर-१ का नेपाली काँग्रेसका क्षेत्रीय उप-सभापति नन्दवीर बुढा सहित थुप्रै काँग्रेसी कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

जिल्लाकाे बेलडाँडी गाउँपालिका-५ का स्थानीय समेत रहेका पुर्व क्षेतीय उप-सभापति, जिल्ला संगठन विभागका पुर्व सदस्य एवं वर्तमान क्षेत्रीय प्रतिनिधि समेत रहेका काँग्रेस नेता बुढा सहित थुप्रै काँग्रेस कार्यकतार्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन ।

काँग्रेस नेता बुढा जिवनकाे लामाे समय नेपाली काँग्रेसकाे राजनितिमा खर्चेका थिए ।

काँग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश हुनेमा बेलडाँडी-५ का वर्तमान वडा सचिव करन मडै, धर्मेन्द्र गिरी, लक्ष्मन बहादुर महरा, हरिना कार्कि, भक्त बहादुर धामि लगायत रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जनक सिंह धामिले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

यस अघि नेपाली काँग्रेस बेलडाँडीका पुर्व गाउँपालिका उप-सभापति मीन बहादुर कठायत, ५ नम्बर वडाका वडा उपाध्यक्ष वसन्त राेकायाले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरिसकेका छन् ।

क्षेत्रका काँग्रेस नेताले पार्टीमा हैकमवाद लादेकाे, पार्टीमा सहि मुल्यांकन नगरी नातावाद र चाकरीवाद हावि गरेकाे भन्दै उनिहरूले काँग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकाे बताएका छन् । पछिल्लो समयमा कञ्चनपुर-१ मा काँग्रेस परित्याग गरि रास्वपामा प्रवेश गर्नेकाे संंख्या दिन प्रतिदिन बृद्वि हुँदै गएकाे छ ।

केही दिनमा अझै थुप्रै काँग्रेसी नेता कार्यकर्ता र अन्य दलका कार्यकर्ता रास्वपामा आउने याेजना रहेकाे नेता धामिले बताउनु भयाे ।  यसरी नयाँ भिजनका साथ जान्नेलाई छान्ने पार्टीकाे अभियान अनुरूपनै पार्टीकाे निरन्तरकाे कार्यक्रम जारी रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका नेता धामिकाे भनाई छ ।

उनले भने “हामिले क्षेत्र सहित जिल्ला भरनै पार्टीकाे नियमित कार्यक्रम गरिरहेकाे बताउदै पार्टी प्रतीकाे आश भराेसा राखेर विभिन्न पार्टी परित्याग गरी आईरहेकाले हामी हर्षित छाै।” ईमान्दाता पुर्वक जनताका पक्षमा हामिले काम गर्ने हाे, उनले भन `भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती र विकृति विसंगतिका विरूद्वमा हाम्रो अभियान रहने समेत बताए ।´

Leave a Reply

Your email address will not be published. Required fields are marked *