कञ्चनपुरमा नाबालिका बलात्कारकाे आराेपमा ३ जना किशाेर पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

सुरेश भट्ट/कञ्चनपुर– जिल्लाको दोधारा चाँदनी नगरपालिका- ३ का तिन जना किशाेर नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

सोमबार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ की १६ वर्षिय नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ का अन्दाजी १८ वर्षिय खेम सिह साँउद , १९ वर्षिय अरबीन महता र १७ वर्षिय नाबालक रहेका छन् ।

यहि भाद्र १५ गते गौरा पर्वमा मेला हेर्न गएकी नाबालिकालाइ ललाइ फकाई नजिकै रहको उखुबारीमा लगि बलात्कार गरेको उजुरीमा उल्लेख गरीएको छ । त्यसपछि भाद्र १९ गते दोधारा चाँदनी नगरपालिका वडा नम्बर-२ मा रहेको मायापुरी सामुदायिक बनमा लगि बलात्कार गरेका खुल्न आएको छ ।

प्रहरीले प्रक्राउ गरेका ३ जना र पिडितलाई स्वास्थ्य परिक्षणको लागि महाकाली प्रदेशिक अस्पतालमा पठाएको छ । पक्राउ परेका माथि प्रहरीले अनुसन्धान थालेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *