बेलडाँडी खुला फुटबल प्रतियोगिता:आज देखि क्वाटरफाईनलका खेल शुरु

मुख्य खवर राजनीति विशेष समाचार

बेलडाँडी,कञ्चनपुर-  पहिलाे खेल दोधारा चाँदनी नगरपालिका र वाई बि स्टार , दोस्रो खेल जय लक्ष्मी युवा क्लब र झिलमिला युवा समाज “बि” बिच प्रतिस्पर्धात्मक खेल हुने

जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना गरेको छैठौं संस्करण बेल्डाँडी खुला नक आउट फुटबल प्रतियोगिता २०८० को पहिलो चरणका खे सम्पन्न भएका छन् ।

बेल्डाँडिमा सञ्चालन भैरहेको बेल्डाँडी खुला फुटबल प्रतियोगिता २०८० को पहिलो चरणका खेलमा सम्पन्न संगै आज देखि क्वाटर फाइनलका खेल सुचारु हुने अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले बताउनु भयो।

बलायरका अनुसार, आज प्रतियोगिताको पाचौं क्वाटर फाइनलका खेल सुरु हुने र क्वाटर फाइनलको पहिलो खेल वाई बि स्टार र दोधारा चाँदनी नगरपालिका बिच दिउँसो १ बजे , दोस्रो क्वाटार फाइनल खेल झिलमिला युवा समाज “बि” र जय लक्ष्मी युवा क्लब बिच दिउँसो ३ बजे प्रतिस्पर्धात्मक खेल छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *