रमेश प्रसाद भट्ट/बेलडाँडी, कञ्चनपुर-
ईलाका प्रहरी कार्यालय बेलडाँडीका नव आगन्तुग प्रहरी प्रमुख प्रहरी निरिक्षक कृष्ण बहादुर कुवँरले बेलडाँडीकाे शान्ति, सुरक्षाका सवालमा निर्भिक भई कटिबद्व रूपमा काम गर्ने बताउनु भएकाे छ ।
शुक्रबार ईलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएकाे सराेकारवालाहरू संगकाे परिचयात्मक कार्यक्रममा बेलडाँडी प्रहरी प्रमुख प्रहरी निरिक्षकले शान्ति, सुरक्षा र चाेरी तस्करीका सावालमा निर्भिक रूपमा कटिबद्व भएर काम गर्ने बताउनु भएकाे हाे ।
उनले भने “मैले गर्ने सकारात्मक कार्यमा सबै पक्षबाट सहयाेगकाे अपेक्षा राखेकाे बताउदै बेलडाँडी क्षेत्रमा हुने अपराधिक कृयाकलाप, लागू औषध ओसार पसार, सेवनकर्ताका सवालमा प्रहरी अपरेशननै चलाएर काम गर्ने बतााए ।”
प्रहरी निरिक्षक कुवँरले जस्ता सुकै गैरकानुनी कार्य, अपराधिक कृयाकलाप, चाडबाडमा हुने जुवातास, लागू पदार्थ काराेवारी, सेवनकर्ताका सवालमा कानुनी कार्वाहि गरिने बताए ।
“अहिले विभिन्न विद्यालयहरूमा गई विद्यार्थीहरूलाई सचेतनात्मक कार्यक्रम मार्फत लागू औषध सेवन नगराै लगायतका क्षेत्रलाई समेटि जनचेतनामुलक सन्देश कार्यक्रम सञ्चालनमा जाेड दिएर काम गर्ने प्रहरी निरिक्षक कुवँरलुे बताउनु भयाे ।” हामी संग प्रहरी जनशक्ति र स्रोत साधनकाे कमि छ, यसलाई सघाउन स्थानिय सरकारकाे समेत सहयाेगकाे खाचाे रहेकाे समेत उहाँले औल्याउनु भयाे ।
समाजमा हुने जस्ता सुकै अपराध, चाेरी, हिंसा लगायतका कार्य भए गरेकाे थाहा पाए प्रहरीलाई खबर गर्न पनि उनले सबै बेलडाँडीवासीलाई अनुराेध गरे ।
उपस्थित सराेकारवालाहरूले बेलडाँडीका शान्ति सुरक्षाका समस्या र चुनाैतिका विषयमा प्रहरीलाई जानकारी गराउदै सहकार्यात्मक भुमिकाले काम गर्ने प्रतिबद्वता व्यक्त गर्दै स्वागत गरेका थिए ।
परिचयात्मक कार्यक्रममा बेलडाँडी गाउपालिका उपाध्यक्ष शान्ति नाथ, प्रबक्ता गजबहादुर विष्ट, एमाले नेता अक्कल बहादुर विष्ट, लक्ष्मण सिह भाट, राष्ट्रिय स्वतन्त्र पार्टिका बेलडाँडी सभापति तेज सिह धामि, महाकाली सिचाई द्वतिय चरण बेलडाँडीका अध्यक्ष गाेपाल कुवँर नेपाली सेनाका क्याप्टन अटल कुमार झा, विभिन्न वडाका जनप्रतिनिधि, व्यापारी लगायतकाे सहभागिता रहेकाे थियाे ।

